पथरी÷प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिए सँगै मोरङ कांग्रेसमा टिकटका लागि तीव्र ‘लविङ’ सुरु भएको छ । क्षेत्र र जिल्ला कार्य समितिबाट सिफारिस भएका नाम बाटै केन्द्रले उम्मेदवार तय गर्ने भएकोले आफ्नो पक्षमा लविङ गर्न केही नेताहरू काठमाडौं हानिएका छन् । केही भने गाउँ मै रहेर मतदाता सँग छलफल गरिरहेका छन् । गाउँ मै बसेर मतदातासँग दुख साट्दै आएका नेता भित्र पर्छन –नेविसंघका पूर्व केन्द्रीय सदस्य एवं कांग्रेसका युवा नेता केशवप्रसाद दुलाल ।
दुलालको नाम मोरङ–३ को प्रदेश सभा अन्तरगत ‘क’निर्वाचन क्षेत्रबाट प्रत्यक्षमा सिफारिस भएको छ । त्यसै पनि एमालेको प्रभाव क्षेत्र मानिएको मोरङ – ३ मा गत स्थानीय तहको निर्वाचन परिणाम हेर्ने हो, भने कांग्रेसको संगठन कमजोर देखिन्छ । अझ बाम गठबन्धन साँच्ची कै कार्यान्वयन भए कांग्रेसका लागि मोरङ– ३ फलामको चिउरा सावित हुने देखिन्छ । तर नेता दूलाल बाम गठबन्धन कार्यकर्ता तहमा आइ नपुगेको जिकीर गर्छन । भन्छन–मतदाता त्रिसुलले डामेको साँडे होइनन । हाम्रो जस्तो बिकासोन्मुख देशका मतदाता हरेक निर्वाचनमा परिवर्तनको आश गर्छन । यो बाट भएन ,उ बाट केही होला कि भनेर आशमा रहेका हुन्छन । दुलालले थपे –भरतमोहन अधिकारीले चुनाव जितेको ठाउँमा अर्को पटकको चुनावमा लालबहादुर सुस्लिङले चुनाव जिते । त्यसपछि फेरि एमालले जित्यो । जनता कसैका पेवा नहुने बताउँदै दुलालले जनता को सँग आशावादी छन भन्ने कुरा प्रमुख भएको बताए ।
जनप्रिय उम्मेद्वारले चुनाव जितेको घटना स्थानीय तह निर्वाचनमा पनि देखिएको छ ।उनले उर्लाबारी, रतुवामाई, केरावारी,सुन्दरहरैचा, लेटाङ जस्ता स्थानीय तहमा कांग्रेसले चुनाव जितेको बताउँदै नागरिकले लोकप्रिय र जनताको काम आफ्नै काम जस्तो गरी गरिदिने जिम्मेवार नेता खोजेको बताए । उनले गफ नभइ काम गरेर देखाउने प्रतिवद्धता ब्यक्त गर्दै अगाडि थपे–पहिले हरेक घरमा एकजनालाई रोजगारको ब्यवस्था हुने गरी उद्योग÷ब्यापार सञ्चालनमा ल्याउनु प¥यो । आर्थिक रुपमा जीवन स्तर नउस्किए सम्म मानिस गरीव नै रहिरहन्छ । हाम्रो निर्वाचन क्षेत्र भित्र रहेका सीमसारहरूलाई ब्यवस्थित गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिन्छ । काम गर्ने ईच्छाशक्ति भए पैसाको अभाव छैन । दुलालले भने–योजना बीना बिकासका काम भएका छन् ।
जसले गर्दा पैसा खर्च भएपनि उपलब्धिमुलक काम हुन सकेको छैन । कांग्रेसको चारतारे झण्डा फहराउने अभियानका साथ गाउँ–गाउँमा पुगिरहेका दुलाल कांग्रेस सत्तामा रहे पनि नरहेपनि सधैं जनता कै माझ काम गरिरहेको बताउँछन् । उनले आफ्नै पहलमा मोरङ– ३ का नागरिकका लागि निशुल्क स्वास्थ्य शिविरको क्याम्प सञ्चालन गरिरहेको बताए । दुलाल जनताको शिक्षा ,स्वास्थ्य र सरोकारका विषयमा पदमा रहे पनि नरहेपनि काम गरिरहने बताउँछन् ।
पथरीशनिश्चरे–१० का स्थायीबासी दुलाल २०४६मा नेविसंघको विद्यालय इकाई सचिवबाट राजनीतिमा लागेका हुन ।नेविसंघ मोरङको सदस्य, सचिव हुँदै २०५९ मा नेविसंघको केन्द्रीय सदस्य भएका उनी दुई कार्यकाल केन्द्रीय सदस्य बने । पार्टीको १२ औं महाधिवेशनमा मोरङ २ बाट महाधिवेशन प्रतिनिधि जितेका दुलाल २०६२÷०६३ को आन्दोलनमा पटक–पटक गरी २५ दिन हिरासतमा परे । आन्दोलन कै क्रममा प्रहरीको कुटाइ खाएर उनको दाहिने खुट्टा समेत भाँचियो । दुलाल भन्छन–लोकतान्त्रिक आन्दोलनमा सहभागिताको कारण मात्र होइन,लोकतन्त्र र संघीयताको संस्थागत विकासका लागि पनि अब युवाहरूलाई अवशर दिनुपर्छ । कानूनमा स्नातक गरेका ४४ वर्षीय युवा नेता दुलाल गरिवलाई गरिव नै राखिरहेर जनतासँग वार्गेनिङ नगर्ने बताउँछन् । उनी भन्छन्–कांग्रेस गरिवको मित्र हो भने गरिवीको शत्रु हो । गरिवको पार्टी भनेर कम्युनिष्टले कहिले सम्म ढाँट्ने उनले प्रतिप्रश्न गरे ।