• कीरिङ्ग मिरिंङ्ग
    हस्त रेखामा अल्मलिएको धूमिल जिन्दगी
    सुणौला सपना डिक लेखिएको
    मिसिन रिडेबल पासपोर्ट
    केहि थान खुसी
    केहि बूँद आँसूका
    मानू हिसाब नजान्ने बालख ले
    कोरकार पारेको कॉपी को पन्ना जस्तो
    आमाको चाउरी परेको मुहार

    मजबूरन बिदाईमा
    फिस्स मुस्कुराएकी अर्धाङ्गिनी को मुस्कान
    भून्टुरिको तोते बोली

    जिमुवाल बा,को कन्तुरमा
    जिबन मरनको दोसाँधमा रहेको
    सयकड़ा तिन...
    हो!
    त्यतै ,कतै अल्मलिएको हुनु पर्छ
    घिम्रे जेठो,

    कुहिरोमा रुमलिएको
    काग जस्तै:-
    अल्मलिएको कैयौ
    घिम्रे जेठा हरु!
    जेद्दाका समुन्द्री किनार तीर
    छल्किरहेका मनोकाक्षांका छालहरू सगै
    कहिले.
    अल्गासिम तिरका पेट्रोलप पम्प हरुमा पुगेर
    सल्किञ्छन..
    मक्का मदीना रोड छेउ, उराठ लाग्ने पठार हरु सग
    घिम्रे जेठाहरु
    जीवन का जोड़ घटाउ हरु जोडीन नपाउदै
    जोहरबारू हरु
    पेनाङ्ग तिर बाट नियाली रहन्छन
    आभुधाबिका अग्ला अग्ला
    गगन चुम्बी सपना

    बग्दाद र काबुलमा छरिएका
    ती रहरलाग्दा जोबनहरु
    संनैयाका सन्नाटामा बयली खेल्ने ति सप्पै बैंसहरु
    किरिङ्ग मिरिङ्ग देख्छ घिम्रेजेठो
    जिमुवाल को तमसुक
    अनी
    बा,ले ऋण त छिट्टै तिरेस है बाबै
    भनेर लामो तानेको स्वास्

    एता आमोई
    कुभिण्डोको खल्पी बयममा अमिल्ये जस्तै
    कमेरोले पोतेको कौसिमा लिङ्गे पिङ्गको लठारो बाटीरहेको छोरो सम्झिएर
    बएलिन्छिन
    "मुर्दा न मुन्टिएको भएनि हुनथ्यो नि"
    एस्तै एस्तै भनेर...

    आमा!
    यांहा नि मुटुमा सोला हानेर नजिकै बाट
    गुज्रिञ्छन
    दशै र तिहार
    एक चोटी-ठहरै पर्छु
    देउसि र भैलोको
    झिलिमिलि झिलिमिलि सम्झिएेर..

    मलाई थाहा छ
    लगुरंबुर्जा भन्दा पनी धितो राख्या धनिपुर्जा
    उकास्नु छ
    कस्ट गर आमैं..
    कस्ट गर
    केही पल लाइ बिर्सीदेऊ र बगाई देऊ
    आखा बाट सप्पै-सप्पै चाडबाड हरु
    आगौं साल तिम्रा आशिस सिर परे
    सपना को काम्रो टेकेर
    मच्चीउला लिङ्गे पिङ्गमा
    सरररर सरररर
    चाचा हुई चाचा हुई गर्दै .....
    आशा राखे आमोई-आशा
    समय ले नेटो नकाटे
    म फ़िर्नेछु घरदेश!!


    बिक्रम बिस्तृत घिमिरे
    उर्लाबारी मोरंग
    हाल साउदीअरब

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …