• सुरुङ्गा, (झापा) असोज २५ गते ।  झापा क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले चुनाव नलड्ने भनी चलाइएको हल्ला निराधार रहेको झापा काँग्रेसले जनाएको छ । झापा क्षेत्र नम्बर ३ राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई छाडेर सिटौला समानुपातिकबाट उम्मेदवार बन्ने भनेर चलाइएको हल्ला निराधार रहेको पार्टी सभापति उद्धव थापाले बताउनुभएको छ ।

    उहाँले पत्रकारसँग मंगलबार कुराकानी गर्दै सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट नै प्रत्यक्षतर्फ प्रतिनिधि सभाको चुनाव लड्ने दाबी गर्नुभएको छ । काँग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले रासससंग कुराकानी गर्दै गठबन्धनमा सहभागी हुन चाहनेले माग राख्नु स्वभाविक भए पनि कार्यदलको बैठकले झापाको क्षेत्र नम्बर ३ राप्रपालाई छाड्ने विषयमा निर्णय गरेको छैन भन्नुभयो । काँग्रेसका उम्मेदवार छनोट गर्ने र टिकट वितरण गर्ने संसदीय बोर्ड नै गठन नभएको अवस्थामा क्षेत्र नै छाडेको भनेर चलाइएको हल्लाको भ्रममा नपर्न सिटौलाले आम मतदातालाई अपिल गर्नुभएको छ । २०५० सालको उपनिर्वाचन, २०५६ को आम निर्वाचन र २०७० को संविधानसभा निर्वाचनमा सिटौला झापा क्षेत्र नम्बर ३ बाट लगातार तीनपटक निर्वाचित हुनुभएको थियो ।

    लोेकतान्त्रिक गणतन्त्र नेपाल निर्माणका लागि नेपाली काँग्रेसलाई गणतान्त्रिक बाटोमा लैजान र विद्रोही माओवादीलाई १२ बुँदे सहमति गर्दै विस्तृत शान्ति प्रक्रियामा ल्याउन सिटौलाले उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो । राष्ट्रिय राजनीतिमा सिटौलाले निर्वाह गरेको महत्वपूर्ण भूमिका र स्थानीय विकास निर्माणमा र झापाको विकासमा सिटौलाले पु¥याएको योगदानलाई यहाँका जनताले कहिल्यै भुल्न नसक्ने ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेलले बताउनुभएको छ । झापा काँग्रेसले सिटौलालाई जोडेर चलाइएको हल्लाको भ्रममा नपर्न आम झापाली मतदातालाई अपिल पनि गरेको छ । सिटौलालाई काँग्रेस ३ नम्बर क्षेत्र र जिल्ला समितिले प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर ३ को सर्वसम्मत उम्मेदवारका रुपमा केन्द्रीय समितिमा नाम सिफारिस गरिसकेको छ ।

    को हुन् लिङ्देन ?

    पञ्चायतकालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमार्फत विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गर्नुभएका लिङ्देन राप्रपा नेपालको केन्द्रीय सदस्य हुँदै हाल राप्रपाको महामन्त्री हुनुहुन्छ । २०६१ मा राजाले सत्ता आफ्नो हातमा लिएपछि लिङ्देन जिविस झापा सभापतिमा मनोनीत हुनुभएको थियो ।

    २०७० सालमा भएको संविधानसभा निर्वाचनमा झापा क्षेत्र ३ बाट तत्कालीन काँग्रेस महामन्त्री सिटौलाले १४ हजार मत ल्याई विजयी हुनुभएको थियो भने लिङ्देन नौ हजार मत ल्याएर सिटौलाका निकटतम प्रतिस्पर्धीका रुपमा एमालेलाई पछि पार्दै स्थापित हुनुभएको थियो ।

    झापा जिविसको मनोनीत सभापति हुँदा र राप्रपाले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा लिङ्देनले झापाको दक्षिणी क्षेत्रको विकास निर्माणमा अधिकतम वजेट विनियोजन गराएका कारण लिङ्देन त्यस क्षेत्रमा लोकप्रिय नेता मानिनुहुन्छ । राप्रपा महामन्त्री लिङ्देनलाई राप्रपा झापाले क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।

    को हुन् पुष्प ?

    तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माले) बाट राजनीति प्रारम्भ गर्नुभएका र भद्रपुर नगरपालिकाको प्रमुख हुँदै २०५१ को मध्यावधि निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको सांसदमा चुनाव जित्नुभएका पुष्प पोखरेल सो क्षेत्रका मतादाताका बीच अर्काे स्थापित नाम हो । प्रायजसो नेपाली काँग्रेस र नेकपा (एमाले)का बीच कडा प्रतिस्पर्धा हुँदै आएको सो क्षेत्रमा २०७० को संविधानसभाको निर्वाचनमा भने एमाले तेस्रो स्थानमा पुगेको थियो ।

    पोखरेललाई नेकपा एमाले ३ नम्बर क्षेत्र र जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिसकेको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…