• राक संवाददाता
    विराटनगर भदौ १२
    विराटनगरमा हरेक वर्ष निकालिने राधाकृष्ण रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक समितिले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । भदौ १८ हरेक वर्ष झैं विराटनगरको श्री राधाकृष्ण मन्दिरवाट रथ प्रारम्म गरिने वताईएको छ। यात्रा मन्दिरवाट महेन्ऽ चौक, धरानरोड, वरगाछी हुदै पुन: मन्दिरमै आएर टुंगिनेछ । रथयात्रा सञ्चालनका लागि मुख्य ४३ स्थानमा विश्रामस्थल तय गरिएको छ । रथयात्रा सम्पन्न गर्न विभिन्न १९ वटा उपसमिति निर्माण गरेको समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिएका छन् ।
    रथको लम्बाई २२ फिट चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ ।
    रथ यात्रको स्वर्ण महोत्सव समेत रहेकाले विषेश अर्काषणको रुपमा यसपटक घोडा समेत प्रयोग गरिने जनाईएको छ । यसपटक पनि हेलिकप्टरवाट रथमा पुष्प अर्पण गरिने कार्यक्रम रहेको अध्ययक्ष ओझाले बताएका छन् ।
    श्री कृष्ण जन्म अष्ठमीको निकालिदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्रामा यसपटक प्रदेश सरकारले सार्वजनिक विदा दिने समेत तय भएको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…