• २५ असोज, बुटवल ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार अल्पमतमा पर्ने र चुनाव धरापमा पर्न सक्ने सम्भावनापछि त्यसलाई जोगाउन आफ्नो पार्टी सरकारमा सहभागी हुन लागेको बताएका छन् ।

    एमाले र माओवादीबीचको तालमेलले निर्वाचन तालिका प्रभावित हुनसक्ने भएकाले निर्वाचन सुनिश्चितताका लागि आफ्नो पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल हुने बताएका हुन् ।

    रिपोर्टस क्लब नेपाल रुपन्देहीले बुधबार बुटवलमा गरेको साक्षात्कारमा उनले भने, ‘यो परिस्थितिजन्य आवश्यकता हो, हामी सरकारमा जाँदा समयमै निर्वाचन पनि हुन्छ र यो सरकार पनि अल्पमतमा पर्दैन ।’

    पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले तोकिएकै मितिमा चुनाव गराउन यो सरकार र आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए । आफ्नो पार्टीले चुनावलाई उच्च प्राथमिकता दिएको बताउँदै थापाले रचनात्मक रुपमा सरकारलाई सहयोग गर्नेसमेत बताए ।

    थापालेे नेपालमा वामपन्थी गठवन्धनपछि एमाले र माओवादीले नेपालमा कम्युनिष्ट शासन लादने कोशिस गरेर एकता गरेको भए त्यो असम्भव रहेको दावी गरे ।

    एमाले र माओवादी फरक विचारका कम्युनिष्ट भएकाले यो दीर्घकालसम्म टिक्न नसक्ने उनको दाबी छ । कम्युनिष्ट शासनको नेपाली जनताले प्रतिवाद गर्ने उनको दाबी छ ।

    ‘कुन प्रयोजनका लागि एकता भएको हो, मिलनको प्रयोजन भविश्यमा थाहा हुनेछ तर नेपाली जनताले कम्युनिष्ट शासन स्विकार गर्दैनन्,’ थापाले भने ।

    अनलाईन खवरबाट

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…