• काठमाडौं । नेपाली कथानक चलचित्र पुरानो बुलेट हाल पोष्ट प्रोडक्सनको क्रममा रहेको छ । चलचित्र सम्पादनमा अर्जुन जिसी र सन्देस साह खटिएका छन् । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि. को व्यानरमा निर्माण भइरहेको उक्त चलचित्र गत असार १६ गतेदेखि साउन २४ गतेसम्म छायांकन गरिएको थियो । कालिकास्थानमा अवस्थित फिल्म मोसन नेपालमा सम्पादनको कार्य भइरहेको निर्माता अशोक कुमार राईले जानकारी दिए ।

    काठमाडौंको अलवा पूर्वको लेटाङ, दोमुखा, नाम्जे लगायतको स्थानमा खिचिएको यस चलचित्रमा अनुप विक्रम शाही मुख्य भूमिकामा छन् । अहिलेका व्यस्त नायक अनुपलाई वर्षा शिवाकोटी र माला लिम्बुले साथ दिएका छन् ।

    पूर्वेली कथामा आधारित यस चलचित्रमा एकताका चर्चित व्याण्ड एक्स व्याण्डका भोकलिष्ट शिव मुखिया, शिरोमणि दवाडी, कविता आले मगर, कृष्णभक्त महर्जन, दिवज राई, बारत लिम्बु, बादल श्रेष्ठ, मात्रिका पौडेल, करण धिताल लगायतको अभिनय रहेको छ ।

    चलचित्रको सम्पादन कक्षमा भेटिकाएका निर्देशक भीषण राईले भने—यो चलचित्र पूर्वेली कथामा आधारित रहेर निर्माण गरिएको लभ स्टोरी र फेमीली ड्रामा हो, अहिले सम्पादनको काम भइरहेको छ, हामीले गरेको मेहनतले दर्शकहरुको मन जित्न सक्छौं भन्ने लागेको छ । चलचित्रको कथा कार्यकारी निर्माता सन्तोष राई र भीषण राईले लेखेका हुन् । यस्तै चलचित्रका निर्माताहरु विरेन साम्बा लिम्बु, टिकाराम राई र दिपेन लिम्बु रहेका छन् । हरि घले लामाले खिचेको यो चलचित्र चाँडै नै गीत, टिजर, ट्ेलर युट्युव मार्फत् सार्वजानिक गरी प्रदर्शन मिति तोकिने निर्माण पक्षले जनाएको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…