• २६ आश्विन काठमण्डौ

    ०७३ सालको अन्तिम साझ एउटा सुन्दरतम प्राकृतिक छटा भित्र झिसमिसेमा अथाह हर्ष र खुसिका संवेगहरु साच्दै एउटा पहाडको उपत्यकामा हरेक मिनेटलाई घन्टौं झै अनुभूति गर्दै उनको आवागमन हुँदै गरेक बर्दिवास राजमार्गमा मेरा नयनहरु अनवरत ओच्छ्याइरहें।मनमा खुल्दुली,मीठो पर्खाइमा न त भय न त डर ,न त त्रास,न भोक,न तिर्खा,मनमा एक थोपा पनि अमीलो पोखिएको थिएन,उज्यालोको झुल्काहरुसग सम्झौता गर्दै टोलाइरहें।

    सयौं सवारीसाधनहरु आउने जाने क्रम तिब्र थियो तर उनको आवागमन हुँदै गरेको त्यो सवारी भने मलाई तड्पाइ तड्पाइ सुस्तसुस्त गुड्दैछको खबरले मेरा धमनीहरु छिटो छिटो धड्किरहेका थिए।१४/१५ घन्टाको दुरिबाट उनको आवागमन हुँदै गरेकोले म चाहिँ अहिल्यै आइपुग्ने झै हतास्सिएर ती सडकहरुमा मेरा दृष्टिहरुलाई लगातार अथक रुपमा दौडाइरहेको थिएं।

    उनको उपस्थिती र मेरो भेटको केन्द्र काभ्रेको धुलिखेल तर्जुमा गरेका थियौं हामिले,पोखराबाट हिमाल हेर्दै मुस्कुराउने ठूलो योजनालाई त्यही हजार सिडि र श्यामपाटीमा उपयोग गर्ने योजनालाई निरंतरता दिदै जुगल र गौरिशंकर हिमाल हेर्दै चित्त बुझाउने निर्णय गर्यौं हामिले।उनी त्यहा आइरहदा जतिसक्दो चांडो त्यो प्यारो मान्छे हेर्न आतुर म समयसग सम्झौता गर्नुको दोश्रो विकल्प बाहेक केही थिएन,अनि मेरा बाहिरी आखाहरुभन्दा पनि भित्री चर्म चक्षुहरुले छितिजपारी सम्म छिचोल्दै उनको त्यो सुन्दर मुस्कान हेर्न यति लालयित थिएं कि मेरा दृष्टिहरु झन झन तरुना हुँदै थिए,मेरा मनहरु भर्खर जवान भएका थिए ,आखाहरु थाकेनन,मैले आँखा नझिम्काई त्यो राजमार्गमा निरन्तर टोलाइरहें।

    झिसमिसे उज्यालोमा उनले आफ्नो यात्रा तर्जुमा गर्नुपूर्व नै म तयार भै ब्याक प्याक सेटिङ गरेर ,चिया पनि हतार हतार पिउदै दौडिनु आतुर म ,मलाई बहानाले पनि जित्न नसकेको अवस्था जहाँ मैले आमालाई पनि झुट बोलेर मुस्ताङ ट्रेक जादैछु भनेर केही दिनको छुट्टी चोरेर हिडेको म ,आमा रुदै गहभरी आँसु पारेर बाबू अब हिमाली भेगतिर नजा,हिम पहिरोले मान्छे मरेका खबर सुन्दा मलाई गार्हो हुन्छ भनेर म हिडिरहेको बाटोमा मलाई हेर्दै मेरि ममतामयी आमा पच्छ्यौदै घर नजिकैको चोकमा आइपुग्नुभएको रैछ।होइन आमा म पहिरो लड्ने जुरे पहाड जान लागेको होइन मुस्ताङ उपत्यका जान लागेको किन रुनुभएको ?काठमाडौं उपत्यकामा कहिल्यै पहिरो जान्छ भन्दै जोक र ठट्टा जोडेर आमालाइ ढांटेर म उनलाई भेट्न आतुर गतिलाई तेज प्रदान गरिरहेको थिएं।

    अनि म साथिको मोटरसाइकलमा गौशाला सम्म गएं,त्यहा बाट कोटेश्वर उत्रेर धुलिखेलको बस पक्डें।बस चढेको १० मिनेटमा नै ममिको फोन आयो कहाँ पुगिस बाबू ?म धादिङको गजुरी पुगेँ भनेर भने आमालाई ,तर समय भक्तपुर पनि पुग्न नभ्याउने अवधिको आमाको फोनले मैले दिएको गजुरी जवाफ बाट आमाले अन्दाज गर्नुभएछ यो कहिकतै अन्त जाँदै रहेछ।यति छिट्टै धादिङ पुगिन्छ?? घडी हेरेको कहाँ पुग्नु यति छिटो !! एकैछिन पछि मेरो झुठ भंग भैहाल्यो अनि आमा म पछि फोन गर्छु,पोखरा पुगेपछी भनेर फोन काटें।अनि आधा घन्टामा बहिनीको पोस्ट्पेड मोबाइलबाट घन्टी आयो,दाइ कहाँ पुग्नुभयो? मैले तनहुँ भने,बहिनी हासिन आहा हेलिकप्टरमा हो? अनि मैले मेरो झुट पत्ता लाग्यो भन्ने ठानें ,म गहिराइ तिर छु पहाडको फोन बुझिएन है बहिनी भन्दै ढाटेर फोन काटिदिएं।

    मेरो मनको स्पिड प्राकृतिक समय भन्दा धेरै गतिले कुदिरहेको थियो।गाडी बाटोमा ५/७ मिनेट रोक्किदा पछाडि सिटबाट ड्राइभरलाई गुनासो गर्थें,गुरुजी बस अलिक छिटो हिडाउनुस न,हामिलाई धेरै टाढा पुग्नुछ,झन्डै सिट फुल थियो,बसमा त उभिने ठाउँ खाली भए पनि बस रित्तो जस्तो बाताबरण छ र पाइलै न अट्ने भएपछी गुन्द्रुक खांदे झै मान्छे बोक्ने गुरुजिको गाडी मैले गरेको अनुरोधमा कुद्न मानिरहेको थिएन,खलासी ढोकाबाट कराउदै थियो ,हामिले कमाउनु पर्दैन??अनि फेरि गुरुजीले भन्दै थिए,निजि सवारी त ट्राफिक जाममा रोक्किन्छ दाइ !मनमनै सोचें,मेरो हतार धेरै छिटो कुदिरहेछ,कतिबेला धुलिखेल पुग्नु?आखिर बनेपाबाट धुलिखेल पुग्न खासै लामो समय लाग्दैन थियो ,मात्रै आधा घन्टाको दुरि ! तैपनी कतिबेला पुग्नुले खेदिरहयो।

    जहाँ मेरो सपनासग पहिलो भेट गतसालको अन्तिम साझ थियो,जसको भोलीपल्ट हाम्रो माझ ०७४ आउदै थियो भने ०७३ साल नभेटिने गरि अस्ताउदै गरेको सुर्यास्तको गन्तव्य थियो धुलिखेल ।बस धुलिखेल त पुग्यो, तर म त्यहा बिरानो देशको यात्री जस्तो धेरै घन्टा प्रतीक्षामा बस्नुको विकल्प थिएन।उनलाई फोन गरें कति बेर लाग्छ रे अब कान्छु? अनि उताबाट जबाफ आयो अब सात घन्टा जति लाग्छ रे बाबा ! ufffff झन्डै बिहानको ११:४५ मात्रै भएको रैछ।हरेक मिनेट घन्टा र हरेक घन्टा महिना जस्तो मान्दै ७ घन्टा प्रतिक्षामा बल्ल बल्ल ती प्रहरहरु गुजारें …………क्रमश: -

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …