• काठमाडौं : व्यवस्थापिका संसदमा विचाराधिन विधेयक र अनसनरत डा. गोविन्द केसीका मागका सम्बन्धमा सभामुख ओनसरी घर्ती मगरले प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्दै छिन् । सभामुखका स्वकिय सचिव बबिन शर्माका अनुसार शुक्रबार दिउँसो २ : ३० बजे सभामुख घर्तीले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन् ।

    शीर्ष नेतासँगको बैठकमा विगत ८ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीका माग र संसदमा पेश भएका विचाराधिन विधेयकमाथि गहन छलफल हुन बताइएको छ । आजको संसद बैठक नै अन्तिम हुने भएकाले सभामुखले अन्तिम बैठकबाट केसीका माग र विचाराधिन विधेयकको टुंगो लागाउने तयारीमा सभामुख छिन् ।

    संविधान सभाबाट संविधानजारी भएपछि व्यवस्थापिका संसदमा रुपान्तरित संसदको अन्तिम बैठक आज बस्दै छ । संसदको कार्यकाल माघ ७ गतेसम्म रहने भएपनि संविधानको संक्रमणकालीन व्यवस्थामा अनुसार आज संसदको अन्तिम बैठक बस्न लागेको हो । बैठक अघि नै सभामुखले सहमति खोज्नका निम्ति शीर्ष नेताको बैठक बोलाएकी हुन्।

    संविधानमै प्रतिनिधसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म मात्रै व्यवस्थापिका संसद् कायम रहने उल्लेख गरिएको छ ।

    संविधानसभाबाट संसदमा रुपान्तरित संसदको अन्तिम दिन महत्त्वपूर्ण ठानिएका राष्ट्रियसभा निर्वाचन र चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको छ । यद्यपी प्रमुख दलबीच सहमति नहुँदा कार्यसूचीका विषय समेत अन्योलमै रहेका छन् । कार्यसूचीमा रहेका विषयलाई पारित गर्ने भन्दै प्रमुख दलले सहमतिको प्रयास भने गरिरहेका छन् ।

    अन्तिम बैठकसँगै संविधानसभाबाट २४ महिनाअघि रुपान्तरित संसद्को अन्त्य पनि गर्दैछ । निर्वाचन आयोगले आइतबारसम्म समानुपातिक तर्फको उम्मेद्वारी दर्ता गर्ने म्याद दिएको छ।

    सूची बुझाउने अन्तिम म्यादको अघिल्लो दिन शनिवार परेकोले शुक्रबार नै अन्तिम बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ ।

    संसद् सचिवालयका अनुसार हालको रुपान्तरित संसद्‍मा दर्ता भएका धेरैजसो विधेयक पारित भइसकेका छन्। तर संसद्ले संविधान कार्यान्वयन गर्न चाहिने महत्त्वपूर्णमध्ये एक राष्ट्रियसभा निर्वाचन कानून पारित गर्न बाँकी छ। संविधान जारी भएपछि संसद्ले ३ वर्षभित्र करिब १५० वटा कानून बनाउनुपर्ने थियो ।

    दुई वर्षे कार्यकाल रहेको रुपान्तरिक संसद्ले संविधान कार्यान्वयन गर्न अत्यावश्यक कानून बनाउनै प्राथमिकता दिएको र बाँकी कानून आगामी संसद्ले बनाउने छ ।

     

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…