• २७ आश्विन मोरङ । अर्जुन जम्नेली राई 

    आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई आफ्नो पकटमा पार्ने उदेश्यले ठूला पार्टीहरु ध्रुर्बिकरण हुनथालेपछि आफूलाई पहिचानवादी दावी गर्दै आएका साना छ वटा पार्टीहरु पनि एकता, एकता नभए चुनावी तालमेलको प्रयासमा छन् । राष्ट्रिय र क्षेत्रीय पार्टी बन्न खसेको मतको क्रमस ३ र १.५ प्रतिशत मत पुग्नु पर्ने, पार्टीको हैसियत कायम गर्न दुवैको लागि कम्तिमा एउटा सिट प्रत्यक्ष जित्नुपर्ने मापदण्ड कायम भएपछि साना दलहरु अस्तित्व जोगाउन एकता वा तालमेलको प्रयासमा लागिरहेको बुझिएको छ ।

    एकताको लागि कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान मञ्च, केपी पालुङ्वाको नेतृत्वमा रहेको राष्ट्रिय जनमुक्ति पार्टी, आर.के.खम्बू(रामकुमार राई)को खम्बुवान राष्ट्रिय मोर्चा, डा.बिजय सैजुको नेपा राष्ट्रिय पार्टी, कुमार राई नेतृत्वको सामाजिक लोकतान्त्रिक पार्टी र रुकमिनी थारुको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट) एकता वा तालमेलको लागि छलफलमा रहेका छन् ।

    पार्टी एकताको लागि तीन महिना अघिदेखि छलफल भएको राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले बताए । पछिल्लो पटक छलफल असोज १९ गते राजधानी स्थित राष्ट्रिय जनमुक्ति पार्टीको कार्यालय भएको थियो । एकता र तालमेल बारे छलफल भइरहेपनि सहमति जुटि नसकेको संघीय लिम्बुवान मञ्चका महासचिव अशोक चेम्जोङले बताए । एकताको लागि कानूनी बाटो बन्द भएपनि नेपा पार्टीको खड्ग चुनाव चिन्ह लिएर चुनावमा जान आफूहरु तयार रहेको महासचिव चेम्जोङले बताए ।

    एकताको लागि नयाँ पार्टीको नाम संघीय पार्टी नेपाल, चुनाव चिन्ह नेपा राष्ट्रिय पार्टीको खड्ग, सबै पार्टी अध्यक्ष रहनेगरी अध्यक्ष मण्डल बनाउने र तत्काल जनमुक्तिका अध्यक्ष केपी पालुङ्वालाई कार्यकारी अध्यक्षको लागि प्रस्ताव गरिएको मञ्चका महासचिव चेम्जोङले बताए । एद्यपी जनमुक्तिले आफ्नो पार्टीको चुनाव चिन्ह घर प्रयोग गर्नुपर्ने अडान नछाडेपछि एकताको लागि छलफल लम्बिएको थियो ।

    जनमुक्तिले घर चिन्ह छाड्न नमानेपछि उक्त पार्टी र संघीय लिम्बुवान मञ्च एक आफसमा एकता विरोधीको आरोप प्रत्यारोपमा उत्रिएपनि उमेद्वार तालमेलको संभावना भने नटुङ्गीएको जनमुक्तिको अध्यक्ष केपी पालुङ्वाले बताए । आफूहरु घर चिन्ह छाड्न तयार भएपनि पार्टी एकताको कानूनी प्रकृया अन्त्य भएकोले तत्काल पार्टी एकता हुन नसक्ने अध्यक्ष पालुङ्वाले बताए ।

    केही महिना अघिदेखि नै राजपा(राष्ट्रिय जनता पार्टी) र एएनसी(अफ्रिकन नेशनल कांग्रेस)मोडलको बारे छलफल भएपनि कानूनी अड्चनको कारण तत्काल पार्टी एकताको सम्भावना टुङ्गिएको उनले बताए । दोस्रो संविधानसभाको निर्वाचनमा खम्बुवान राष्ट्रिय पार्टीका अध्यक्ष रामकुमार राई(आर.के.खम्बू) र संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी (थरुहट)का अध्यक्ष रुकमिनी थारु समानुपातिक तर्फबाट सभासद बनेका थिए । रबिलाल थापा र सीमा बिक दुईवटा सभासद भएका राष्ट्रिय जनमुक्ति पार्टीका दुवै सभासदले भने पार्टी छाडेपछि अहिले सांसद विहिन रहेको छ ।

    सभासद थापा विजय गच्छदार नेतृत्वको पार्टीमा र सीमा विक डा.बाबुराम भट्टराई नेतृत्वको पार्टीमा गएका छन् । नेपा राष्ट्रिय पार्टीका लक्ष्मण नेपा(राजवंशी)ले समेत पार्टी छाडेर आफै खोलेपछि सांसद विहिन रहेका छन् । कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान मञ्चले भने दोस्रो संविधानसभाको निर्वाचन बहिस्कार गरेर आन्दोलनमा उत्रिएका थिए । मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा छलफलमा रहेका छ वटै पार्टीले चुनाव चिन्ह लिइसकेको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…