तिम्रा रगत र बलिदानीहरुले
लेखियो यहाँ गणतन्त्र
तिम्रा महान विरताहरुले
जोडियो यहाँ गणतन्त्र
तिमी बिनाको मातृभुमी
यो
तिम्रै रगतले लत्पतियो
तिम्रा रगतका खाटाहरु
अझ पनि न पखालियो
ल्याइ तिमिले गणतन्त्र
सलाम ,समर्पण सहिद तिमिलाई
महान सपना जलाइयो
डर लाग्छ कामरेड हामिलाई
तिम्रा मर्मको दिवार भत्काइयो
खै यहा कसैले देख्दै देखेनेनन
देखेकाले त भन्नु पर्थ्यो
देख्ने पनि भन्न चाहेनन
अपुरो यो लोकतन्त्र