• काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीलाई व्यावसायिक र सुदृढ संगठनका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    ६२ औं प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले स्थानीय तहको निर्वाचनमा प्रहरीले पु¥याएको योग्दान महŒवपूर्ण रहेको उल्लेख गर्दै अब प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जुट्न निर्देशन दिए । देउवाले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन शान्तपुर्ण रुपमा सम्पन्न गर्न प्रहरीको भूमिका महŒवपूर्ण हुने बताए ।

    सीमित स्रोत साधन हुँदाहुँदै पनि व्यावसायिक इच्छाशक्ति, राष्ट्र र नागरिकप्रतिको समर्पणभावसहित प्रहरी कर्मचारीले शान्तिसुरक्षा कायम गर्न देखाएको प्रतिबद्धतको राष्ट्रले उच्च मूल्यांकन गर्ने बताए । उनले प्रहरीलाई समयसापेक्ष साधनस्रोत, प्रविधि र समयानुकूल ऐनले सुसज्जित गर्नुपर्ने बताए । गृहमन्त्री जनार्दन शर्माले राज्यले निर्धारण गरेका लक्ष्यलाई सदृष्य बनाउन सुरक्षा व्यवस्था सुदृढ हुनुपर्ने बताए ।

    प्रहरी महानिरीक्षक प्रकाश अर्यालले एकल राज्यप्रणालीबाट संघीयतातर्फ रुपान्तरण हुने क्रममा रहेको मुलुकमा ४५ दिनपछि हुने प्रदेश  र प्रतिनिधिसभाको निर्वाचनमा शान्ति सुरक्षा प्रदान गर्न प्रहरी तयार रहेको बताए । उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मताधिकार प्रयोग गर्न पाउने नागरिकको अधिकार सुरक्षित गर्न प्रहरी लागिपर्ने जनाए । स्थानीय तहको निर्वाचनले आमनागरिकको निर्वाचनप्रतिको लगाव पुष्टि गरेको उल्लेख गर्दै उनले आगामी निर्वाचन पनि सहज सम्पन्न गर्न प्रहरी संगठन प्रतिबद्ध रहेको बताए ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…