• २८ आश्विन काठमाडौ

    एकादेशको एउटा गाउँमा ९३ वर्षका वृद्ध सहित २२ जनाको संयुक्त परिवार बस्दथे।त्यो परिवार हिन्दु धर्म मान्थ्यो।दिपावली,दशै मनाउथ्यो तर त्यो वस्तिमा सप्ताह-महापूराण ;यज्ञ-यज्ञांदी,होम-होमादी यावत विषयमा अनभिज्ञ थियो।गाउँका अलिक शिक्षित,नाम चलेका,समाजसेवी पर्मानन्द शर्माले उनको घरमा श्रीमद्भागवत महापूराण आयोजना गर्न लागेछन।किनकी गाउमा मानिसहरुले धार्मिक प्रवचनको अभावमा ज्ञानको ज्योती नपाइरहेको सत्यलाइ मनन गर्दै सप्ताह महायज्ञमा सबै गाउलेलाइ उपस्थिति हुन र कथामृत श्रवण गर्न भनेर गाउभरिका मानिसहरुलाइ निमन्त्रणा स्वरुप सुपारी पठाएछन।

    श्रीमद्भागवत महापूराण पर्मानन्दले लगाउदै रहेछन् अब पूर्वाङ्ग द्खि साङ्य सम्म निराहार ब्रत बस्ने ,कथा सुन्ने र भजनमा नाच्ने कुरा गर्दै पधेर्निहरु एकअर्कामा खासखुस गर्दै थिए भने ससाना नानि केटाकेटीहरु पनि सप्ताहमा भजन,संगीत सुन्न पाइन्छ रे भनेर हर्षित देखिन्थे।परमानन्दले गोर्खाबाट चर्चित प्रवचक पन्डित भेटिप्रसादलाइ निमन्त्रणा गरेछन।भेटीप्रसादको श्लोक,भजन र प्रवचनका कारण भेटीप्रसाद नाम कहलिएकै प्रवचक पन्डित हुन। ठाउँठाउँमा प्रवेशद्वार अनि ध्वजा/ पताकाले शृङारीएको सप्ताह स्थल जहाँ भगवान पनि पन्डित सगै बिराजमान छन कि जस्तो आभाष गराउने सप्ताह स्थलको मन्दिर सुन्दर देखिन्थ्यो।

    भोली पूर्वाङ्ग अनि आज जस्तो ति ९३ वर्षका बृद्दको घरमा छलफल भएछ कि हजुरबालाइ सप्ताह सुन्न पठाउने।किनकि हजुरबुबाको उमेर पनि ढल्दै गरेको अनि सप्ताह महापूराण श्रवण गरेपछि मृत्यु पर्यन्त वैतरणी नदि पनि सहजै तर्न सकिने,पाप पनि नाश हुने रहेछ बा भन्दै छोरो नन्दप्रसादले आफ्नो बाबुलाइ सुझाएछन।बुढा ९३ वर्षका भए पनि हिड्दुल अर्हाइ सिकाइ गर्न अझै जवान नै जस्ता देखिन्छन।

    बुढाले प्रवचन सुन्दा साच्चै मोक्ष प्राप्ती हुने भए म बिहान सप्ताह स्थल जान्छु भनेर परिवारमा सबैलाइ भनिदिए। अनि सपरिवार खाना खाएर सुत्यो।बिहान कुखुराको भालेको डाक सगै बुढा पनि उठे,स्नान गरे,गायत्री पढे अनि बुढाबा आधा घन्टाको दुरिमा स्थित सप्ताह स्थल तिर लागे।बुढालाइ झन्डै एक घन्टा लागेछ सप्ताह स्थल पुग्न।बुढा सप्ताह्स्थल पुग्दा भेटीप्रसाद प्रवचन भन्दै थिए।बुढा गेटैमा गएर उभिएर सुनिरहेका थिए कथा।बयोवृद्द बाजे सप्ताहस्थलमा उभिरहेका देखेपछि कथालाइ विचैमा रोकेर वृद्धातिर इङ्गित गर्दै पन्डित भेटिलालले आउनुहोस भने बृद्धा अरुतिर ध्यान नदिइ सिर्फ आउनुहोस आउनुहोस मनमनले भन्दै यताउती हेर्दै त्यही उभिरहे।

    धेरैबेर पछी पन्डितले फेरी भने यताउति के हेर्दै हुनुहुन्छ?बुढाले आफुलाइ कलिङ गरिरहेको भेउ पाएनछन बुढा मनमनै आउनुहोस यताउती के हेर्दै हुनुहुन्छ भन्दै उभिरहे।पन्डितले कथा वस्तुलाइ अगाडी बढाए।दुइ अध्याय सक्दा पनि बृद्धा उभिरहेको देखेपछी फेरी पन्डितले भने बस्नुहोस। बुढा आउनुहुस यताउती के हेर्दै हुनुहुन्छ ,बस्नुहोस भन्दै एकोहोरो ओठ चलाउदै उभिइ मात्रै रहे।क्रमश: कथाको अध्याय र भजन सकिएपछि पन्डितले प्रसाद ग्रहण गर्न जानुहोस भन्दा बुढा त्यही बाट फनक्क फर्केर घरतिर लागेछन।बाटाभरी आउनुहोस,यताउती के हेर्दै हुनुहुन्छ,बस्नु होस, जानुहोस भन्दै भन्दै बुढा घर गएछन।घर पुगेपछी हुक्कामा तमाखु भर्न थालेछन" हमेशा मनमनै सप्ताहमा सुनेको आउनुहोस………………

    जानुहोस भन्दै तमाखु पिएछन।साझमा घरका सबै आए अनि बुढालाइ सोधे कस्तो रैछ बा पूराण भन्दा अति नै सुन्दर,ससम्मान बोल्दा रहेछन,सबै भगवान जस्ता देखिएका थिए।मन्दिरमा भन्दा धेरै कुरा देख्न पाइदो रहेछ भने।सबैले बेलुकाको खाना खाए अनि सुत्न गए।बुढा पनि चुल्हाको छेउमा मुल ओछ्यानमा सुत्दा रहेछन।ढोका चाही ढप्काएर आग्लो नलगाइ बुढा सुतेछन अनि भुसुक्कै निदाएछन।रातको एक बजेको थियो।सुनसान अधेरीरात चकमन्न थियो।

    त्यती नै बेला घरमा चोर आएछन।चोरले सहजै ढोका उघारेर भित्र प्रवेश मात्र के गरेका थिए; मस्त निन्द्रामा निदाइरहेका बुढा बोले आउनुहोस।चोरहरु तर्सिएर यताउता के हेर्दै थिए बुढाले निन्द्रामै यताउता के हेर्नुहुन्छ भने?चोरहरुलाइ बित्यास पर्यो एकातिर छोपिएर लुक्न मात्रै के लागेका थिए बुढाले बस्नुहोस भने।अब चोरलाइ फसाद पर्यो,भाग भैरे भनेर चुन्द्रे र मुन्द्रे चोरहरु के भाग्न मात्रै लागेका थिए-बुढाले जानुहोस भने।

    अनि चोरहरु एक्दमै शर्मनाक मान्दै पश्चाताप गर्दै केहि पनि चोरी नगरी घर तिर गएछन।अनि भोली पल्ट बिहानै गएर बुढाबा सग माफी माग्ने भनेर एउटा चोर भन्दो रहेछ अनि अर्को चोर भन्दो रहेछ;"बरु बुढाको अगाडि देखा नपर्ने लुकि लुकि हिड्ने,चोरी चकारी केहि नगर्ने।अर्को चोरले पनि सहमती जनाएछ।सोहि दिन देखी उनिहरु श्रम गर्न थाले,बुढादेखी लुक्दै हिड्न थाले।एकदिन बुढा अचानक बाटोमा चोरहरु सग भेट भए,बुढाले बाबु सन्चै छ भन्दा चोरहरु बोल्दापनी नबोली लाजले भागे तर बुढा यसबारे अनभिज्ञ थिए।

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …