• २८ असोज, काठमाडौं ।

    माओवादी केन्द्रले आफ्ना मन्त्रीहरु फिर्ता नबोलाउने भएको छ । सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने र सरकार पनि नछाड्ने रणनीति माओवादीले अघि सारेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई कमल थापा लगायत ८ जनालाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेपछि माओवादी पार्टी सरकारबाट बाहिरिने धेरैले अनुमान गरेका थिए ।

    स्वयं प्रधानमन्त्री देउवा पनि आज वा भोलिसम्म माओवादी मन्त्रीहरुले राजीनामा दिने विश्वासमा रहेका छन् । तर, माओवादी भने देउवाको चाहना पूरा नगर्ने निर्णयमा पुगेको छ ।

    माओवादी नेता नारायणकाजी श्रेष्ठले अनलाइनखबरसँग भने– ‘हामी तोकिएको समयमा चुनाव चाहन्छौं त्यसैले असिहले सरकारबाट फिर्ता हुँदैनौं र समर्थन पनि फिर्ता हुँदैन ।’

    प्रधानमन्त्री देउवाले गरेको मन्त्रिपरिषद विस्तार आचार संहिता विपरीत एवं गलत कार्य भएको नेता श्रेष्ठले बताए । उनले भने–‘नयाँ मन्त्रीहरुको नियुक्ति आचार संहिता विपरीत छ । कामचलाऊ सरकारले यसरी मन्त्रिपरिषद विस्तार गर्न मिल्दैन ।’

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…