• काठमाडौं २८ असोज,२०७४,शनिबार

    इतिहासमा १९९७ सालको माघ,२००७ सालको फागुन,०४६ सालको चैत्र, ०५२ सालका फागुन र २०७४ सालका यी असोजहरु बडो बिचित्रका ऐतिहासिक महिनहरु हुन।असोज,माघ,फागुन र चैत्र यी महिनाहरु आजका दिनका सुचक हुन।हाल हामी दशक लामो जनयुद्दको सम्झौता पछि अर्को दशकमा आइपुग्दा नेपालमा बाम एकताको कुरा आउदा सारा संसार चकमन्न भएको छ।दक्षिणको देश पनि यतिबेला बाम एकता माथी प्रश्न गरिरहेको छैन।चुनावी तालमेलका लागि अस्थायी रुपमा कांग्रेस छक्याउने बाम एकता हो या समाजवाद तिरकै साच्चिकै घोषणा त्यो त बाम नेतृत्वलाई नै थाहा होला,पर्ख र हेर जनताको धैर्यता भएको बाबजुद यतिबेला wait and see का घडीहरु चलिरहेका छन।

    जतिबेला साम्यवादले समाजवादको परिकल्पना गर्यो त्यति नै बेला समाजवाद तर्फका यात्राहरु अझै सयौं वर्ष लाग्छ भनेर ५०/५१ सालका मझौला नेताहरुको भाषण सुनेको याद अझै मरिसकेको छैन।तथापी हाल नेपालमा घोषित बाम एकता र समाजवादको नाराले हिमाल,पहाड र तराइलाई बाध्नेछ,एकताको मालामा सुत्रपात गर्नेछ,भाइचारा र मित्रताका मार्गहरु प्रसस्त गर्नेछ,तर यो बाम एकता भित्रको विश्वास केही कसो गरि सम्भावनाको खेल बनेर तुहियो र षड्यन्त्रको रुपमा हाजिर भयो भने त्यो भन्दा विघ्न विडम्बना के होला भनेर एकोहोरो सोच्न मन लाग्छ।

    निर्वाचन र मत भन्दा पनि जनताको आवाज सुन्न सक्नेहरुको गठबन्धन र एकता यो मुलुकको लागि फापसिद्द होला अन्यथा अफाप बाहेक के? देशमा करोडौंको जनसंख्यालाई थाहा छैन कहा हो बामपन्थीहरुको गन्तव्य भनेर?के हो गणतन्त्र भनेर सोध्दा अझै पनि राजा फालिए पछि आएको व्यवस्था भन्ने मात्र भ्रम छ जनतालाई भने कसरी कस्तो स्पष्ट मतको लागि चिन्हको आतासमर्पण र गठबन्धन हुदैछ त भनेर नेतृत्वमन्डलका आदरणीय नेता ज्युहरुलाई प्रश्न गर्न मन लाग्छ।हामी लोकतन्त्र भनिरहेका छौं,लोकतन्त्रले राजतन्त्रको अपराध खोज्न मानेन,हामी अब समाजवाद भन्दै गर्छौं अनि लोकतन्त्रका अपराधहरु ओझेल पारिन्छन भने बहुदलिय प्रजातन्त्रको समयका अपराधहरुको उपचार बिना कस्तो संगठन बनाएर नेपालको राजनीतिले असल सत्ता निर्माण गर्ला ?

    जहाँ जनतासग राज्यको प्रत्यक्ष सम्बन्ध छैन भने त्यो राज्यको वस्तीमा क्रान्तिका ज्वालाहरु बल्न थाल्दछन,अनि त्यो वस्तीकी आमाले योद्दा सन्तान जन्माउछिन अनि फेरि नया सत्ता प्राप्तिका लागि चालू सत्ता निमोठ्ठिन्छ। समाजवादमा आम जनतालाई पुर्याउन पहिला राज्य जनतासग जोडिनुपर्यो अनि मात्रै यात्रा फलदायी बन्ला अन्यथा नेता र दलका ठेकेदारहरुसगको मात्रै कानेखुसिले नेपाली जनताको मर्म माथी आघात पार्ला?

    जनतालाई नि:शुल्क शिक्षा,स्वास्थ् यको ग्यारेन्टी गर /आफू पनि विदेश नगइ नेपालमा उपचार गर / आफ्नो सन्ततीलाई नि गरिबको छोरा पढ्ने विद्यालयमा भर्ना गराउ/शैक्षिक ,स्वास्थ्य लगायत राजनिती भित्र प्रवेश माफियाहरुलाई कारबाही गर/ हरेक नागरिकलाई काम देउ / अनि परनिर्भरताको अन्त्य गर्न आम कृषकहरुलाई मल,बीउ,बिजन र बजार देउ ,त्यसपछी समाजवादको यात्रामा लाग्यो राजनीति र नेतृत्व भने एकजना देउवाको असन्तुष्टि एकजना पन्चेको असन्तुष्टि र अर्को माले,मन्डलेको असन्तुष्टिले केही असर गर्ने छैन।टाउको उठाउने अवसरवादको पनि मस्ती गल्नेछ।चेतना भया ।

    भोटेचौर,सिन्धुपाल्चोक हाल: काठमाडौं २८ असोज,२०७४,शनिबार

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…