• रोशन पोखरेल , काठमाडौँ , असोज १०
    नेपाली लोकदोहोरी गीतले मौलिक परम्परा र देशको कला सस्कृतीलाई जर्गेना गरिरहेको हुन्छ । बजारमा दशैँ गीत आइरहेको अवस्थामा भैरब कालिका म्युजिक प्रालीको प्रस्तुतिमा सुब्बा राना भाटको अकालको अपार सफलता पछि दशैँ तिहार गीतको भिडियो बजारमा आएको छ । गीतमा चर्चित गायिका विमा कुमारी दुरा र सुब्बा राना भाटकोको आवाजमा रहेको वियोगान्त दशैँ गीत बजारमा आएको हो ।
    भविन शाही सुर्खेती र सुब्बा शाहीको मौलिक शब्द सिर्जना तथा भविन शाही सुर्खेती र सन्देश क्षेत्रीको सर्वोकृष्ट लय सिर्जनामा गीत तयार गरिएको छ । परदेशमा रहेको छोरा र गाँउ घरमा रहेकी आमा विचको सम्वादलाई गीतमा समेटिएको छ । अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा आमाको भुमिकामा रमा थपलिया र सुब्बा राना भाटको अभिनय देख्न सकिन्छ ।

    हेर्नुहोस भिडियो ।


सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…