• मोरङ÷ नेपाली कांग्रेस मोरङले प्रदेश सभा अन्तरगत प्रत्यक्ष तर्फ क्षेत्र नं ३ ‘क’मा सिफारिस भएका उम्मेद्वार मध्ये  जिल्ला सदस्य सुयर्माराज राईले टिकट पाउने सम्भावना बढेको छ ।  कांग्रेसले राईसँगै पूर्व महासमिति सदस्य बीरबहादुर बस्नेत र पूर्व महाधिवेशन प्रतिनिधि केशव दुलालको नाम प्रत्यक्ष तर्फ सिफारिस गरेको छ ।
    मोरङ कांग्रेसको खेलकुद विभाग प्रमुख समेत रहेका राई मोरङको कानेपोखरी–५ निवासी हुन ।जिल्लामा प्रत्यक्ष तर्फ प्रदेशका लागि १२ जना र प्रतिनिधि सभामा का लागि ६ जना उम्मेद्वार आवश्यक पर्ने छ । जसमा प्रदेश सभाकाको उम्मेद्वारी दावी गर्ने जनजातिमा राई र ललित श्रेष्ठ मात्र रहेका छन् । प्रतिनिधि सभाका लागि जिल्ला सभापति डिगबहादुर लिम्बू उम्मेद्वार बन्ने निश्चित प्राय भइसकेकोले प्रदेश सभाका लागि जनजाति समूदायबाट मोरङ–३ को ‘क’ मा राई र ’ख’ मा श्रेष्ठ उम्मेद्वार बन्ने सम्भावना बढेको कांग्रेस निकट स्रोतको दाबी छ । मोरङ ३ मा प्रतिनिधि सभाका लागि डा. सूनील शर्माको नाम सिफारिस भएको छ । उनी उम्मेद्वार बन्ने निश्चित जस्तै भइसकेको छ । त्यसैले पार्टीले खस आर्य समुदायबाटै प्रदेश सभाको उम्मेद्वार नबनाउने एक कांग्रेस नेताले बताए । उनका अनुसार प्रदेशको समानुपातिकमा सो क्षेत्रबाट सञ्जय भट्टराई वा शेखरचन्द्र थापा सिफारिस हुने सम्भावना भएकोले जातीय सन्तुलन मिलाउन  राईलाई उम्मेद्वार बनाउनु पर्ने पार्टी पंक्तिमा चर्चा छ ।
    एमालेले रामकुमार बस्नेत,युवराज बाँस्कोटा र भोला अधिकारी मध्ये एक जनालाई उम्मेद्वार बनाउने भएकोले कांग्रेसबाट राई नै प्रतिस्पर्धामा आउन सक्ने प्रत्यासी हुन । क्षेत्र नम्बर ३ मा पथरी शनिश्चरेको १, २, ३, ४, ७, ८, ९ र १०, कानेपोखरीको ४, ५, ६ र ७, बेलबारीको १, २, ३, ४, १० र ११ तथा सुन्दरहरैंचाको १, ८, ९, १०, ११ र १२ वडा गरी २६ वटा वडा समेटिएका छन् । मोरङमा यो  क्षेत्र नेकपा एमालेका लागि सबै भन्दा अनुकुल निर्वाचन क्षेत्र हो ।



    स्थानीय तह निर्वाचनमा  वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने एमालेले २९ हजार १ सय ६२ मत प्राप्त गरेको थियो भने कांग्रेसले करिब ८ हजार कम अर्थात २१ हजार ८७ मत  प्राप्त गरेको थियो ।  माओवादीको मत १३ हजार ४ सय ९५ रहेको थियो ।
    मोरङ ३ मा रहेका २६ वडा मध्ये कांग्रेसले ५ वडामा जित हात पारेको छ भने एमाओवादी केन्द्रले ३ वटा वडामा चुनाव जितेको थियो । बाँकी १८ वटा वडामा एमालेले जितेको थियो । २६ वडा मध्ये प्रदेश सभा अन्तरगत ‘क’ निर्वाचन क्षेत्रमा १४ वडा छन् । जहाँ एमाले कै वर्चस्व छ । १४ मध्ये ४ कांग्रेस र एक एमाओवादी र  ९ वटा वडामा एमालेले चुनाव जितेको छ  ।
    यस्तै ‘ख’ निर्वाचन क्षेत्रमा कांग्रेसले एक,एमाओवादीले २ र ९ वडामा एमालेले जित हात पारेको छ । स्थानीय तहमा प्रदेश सभा ‘क’ निर्वाचन क्षेत्रको मतलाई आधार मान्ने हो भने एमाले कांग्रेस भन्दा ३ हजार ५५४ मतले अघि देखिन्छ । कांग्रेसले ९ हजार ८७८ मत प्राप्त गरेको थियो भने एमालेले १३ हजार ४३२ मत ल्याएको थियो । बाम एकता गाउँ तहबाटै कार्यान्वयन भए माओवादी केन्द्रले ल्याएको अरु ७ हजार ५९३ मत एमालेमा थपिने छ ।
    अंक गणितीय हिसावले हेर्दा मोरङ ३ कांग्रेसका लागि निक्कै मेहनत गर्नु पर्ने स्वयं राई पनि स्विर्काछन । तर चुनावमा विगत कै अवस्था रहिरहने देखिन्न ।
    नेपाली विषयमा स्नातकोत्तर गरेका राई  प्रष्टवक्ता भित्र पर्छन ।नेविसंघको विद्यार्थी राजनीतिबाट कांग्रेस राजनीतिमा होमिएका राईले  मोरङको विराटनगर स्थित डिग्री क्याम्पसको स्ववियु कोषाध्यक्ष, नेविसंघ इकाई सभापति भएर काम गरिसकेका छन् ।

    यस अघि भएको स्थानीय तह निर्वाचनमा कानेपोखरी गाउँपालिका प्रमुखको दावेदार समेत रहेका राई अन्तिममा पछि हटेका थिए । राईले प्रदेश सभाको टिकट पाए ,जितेर देखाउने दावी गर्दै भने – मतदाताहरू सधैं एउटै दलका रहिरहँदैनन ।  उनले थपे  घोडा मात्र  लगामको इसारामा हिड्छ , नागरिक अब रैती वा प्रजा मात्र होइनन , कुनै दल बिशेषको लगाममा हिड्ने । सार्वभौम नागरिक असल चरित्रको नेता खोजिरहेछन ।उनले प्रष्ट रुपमा भने–भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न राजनीति गर्ने हो । कम्युनिष्टहरूको किल्ला मानिने निर्वाचन क्षेत्रमा उम्मेद्वार बन्न किन मरिहत्ते भन्ने जिज्ञाषामा राईको जवाफ थियो–‘कुनै भूगोल अब कसैको गढ वा किल्ला रहेन । कम्युनिष्टहरू कि उत्तर कोरियाको स्वरुपमा आउनु प¥यो । होइन भने कसरी कम्युनिष्ट, लोकतन्त्र मान्छौ , संसदीय ब्यवस्था मान्छौ भनिसके पछि कम्युनिष्ट हुनुको अर्थ रहेन ,त्यसैले बिचारको राजनीतिमा नेपालका कम्युनिष्टहरू धेरै पछि छन् ।
    अढाई वर्ष विराटनगर स्थित  यति मल्टिपल कलेजको क्याम्पस प्रमुख भएर प्राध्यापन गरेका ३९ वर्षीय राई हाल मोरङ कांग्रेसको पूर्णकालीन कार्यकर्ता जस्तै भएका छन् । भन्छन–‘जागीर छोडेर राजनीतिमा आएको छु । पैसा कमाउनु थियो भने प्राध्यापन छदैथियो नि ।आर्थिक क्रान्ति नभए सम्म समाज रुपान्तरण असम्भव भएको बताउने राई सधैं गरिवीका नाममा नेपालका कम्युनिष्ट पार्टीले राजनीति गर्दा आर्थिक वृद्धिदर दोहोरो अंकले बढ्न नसकेको जीकिर गर्छन । भन्छन‘हिजो एमालेलाई ‘न भाले न पोथी नेकपा एमाले ’ भन्ने बाबुराम भट्टराई सूर्य चिन्हबाट चुनाव लड्ने रे । उनी मात्र होइन आफूलाई मधेशको सर्वमान्य नेता मान्ने ह्यदयेश त्रिपाठी सूर्य चिन्हबाट चुनाव लड्ने रे । चुनाव जितेर सत्ता प्राप्ति भन्दा अरु केही नेपालका कम्युनिष्टले देखेनन ।’कम्युनिष्ट पार्टीले जहिल्यै जनतालाई ‘ब्ल्याक मेलिङ’गरेको राईको भनाई छ ।
    उनले शिक्षा,सञ्चार सडक र स्वास्थ्य नागरिकको पहुँचमा पु¥याउन  सके गरिवीको अन्त्य हुने बताउँदै  अबको  मिशन चार ‘स’मा केन्द्रित हुने बताए ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…