• काठमाडाँैं, असोज २७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले देश सङघीय संरचनामा गएसँगै प्रहरी संगठनका ऐन कानुनहरू समायनुकूल परिमार्जन गरी आधुनिक तथा थप व्यावसायिक बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।
    प्रहरी प्रधान कार्यालयमा शुक्रबार ६२औंैं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सीमित स्रोत साधन हुँदाहुँदै पनि दृढ विश्वास र व्यावसायिक क्षमता प्रदर्शनसहित शान्ति सुरक्षा कायम गर्न प्रहरी सफल भएको बताउनुभयो ।
    प्रहरीले राष्ट्र र जनताप्रति देखाएको समर्पणभाव र सुरक्षाप्रतिको प्रतिवद्धता सह्रानीय भएको चर्चा गर्दै प्रधानमन्त्री देउवाले राज्यले यसको उच्च मूल्याङ्कन गरेको बताउनुभयो । उहाँले प्रहरीलाई साधन स्रोत, प्रविधि र समयानुकूल ऐन कानुनले थप व्यावसायिक र सुदृढ संगठनको रुपमा विकास गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
    कर्तव्य पालनका क्रममा जीवनको आहुति दिने वीर तथा अमर प्रहरीहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न अग्रपङ्तिमा रहेर प्रहरीले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्नुभयो ।

    प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मिति निर्धारण भइसकेको बताउँदै उहाँले यी दुईटै चुनावलाई  शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रहरीको भूमिका अझ महत्वपूर्ण हुने बताउनुभयो ।
    प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्र सङघको अनुरोधमा विदेशस्थित विभिन्न मुलुकहरुमा शान्ति स्थापनार्थ सञ्चालित मिसनहरुमा पनि प्रहरीले उत्कृष्ट प्रदर्शन गरेको बताउनुभयो । त्यस अवसरमा उहाँले “प्रहरी दर्पण २०७४” को लोकार्पण गर्नुका साथै पूर्व प्रहरी महानिरीक्षक कुबेरसिंह रानालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ समेत प्रदान गर्नुभयो ।
    गृहमन्त्री जर्नादन शर्माले राज्यले निर्धारण गरेका लक्ष्यहरूलाई सफल पार्न मुलुकको सुरक्षा व्यवस्था सुदृढ हुनु अनिवार्य भएकोले राष्ट्र निर्माणमा प्रहरीको अहम् भूमिका रहेको चर्चा गर्नुभयो ।
    कार्यक्रममा यस बर्ष कतर््ाव्य पालनका क्रममा अमरत्व प्राप्त गर्ने प्रहरी सहायक निरीक्षकहरु गोपाल थापा, हर्षबहादुर नेपाली, रुद्रबहादुर मल्ल र निश्चलकुमार तामाङ, प्रहरी हवल्दारहरु श्यामबहादुर अछामी, कर्णबहादुर रजाली, चेतबहादुर थापा, उमेश रानामगर, धन सुव्बा लामा र खिमबहादुर विष्टको परिवारलाई कदरपत्र प्रदान गरिएको थियो ।
    त्यस्तै, अमरत्व प्राप्त गर्ने प्रहरी जवानहरु गनबहादुर थापा, जगदीश बडु, खड्गबहादुर थापा, अशोककुमार शाही, शङकर वि.क., गोविन्दकुमार रावल, तारक चन्द, अशोककुमार खवास, विक्रमकुमार तिवारी, वीरबहादुर भण्डारी, दीपककुमार मास्के, नीलबहादुर प्रजा, सन्दीप कार्की, बलबहादुर कुँवर र डालबहादुर श्रीसको परिवारलाई पनि कदरपत्र प्रदान गरिएको थियो ।
    लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित पूर्व प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले प्रहरीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न सुझाव दिँदै आफूले पाएको सम्मान व्यक्तिगत र व्यावसायिक जीवनको अमूल्य निधि भएको बताउनुभयो ।

    यसैबीच, प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी दिवस २०७४ का अवसरमा शुक्रवार आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा सहयोगदाता र समाजसेवीहरुलाई कदरपत्र तथा पुरस्कार प्रदान गर्नुभयो ।
    यस वर्षको पूर्ण शान्ति पुरस्कार विशेष व्यूरोमा कार्यरत प्रहरी निरीक्षक सुदर्शन भट्ट र साहसिक तथा जोखिमपूर्ण कार्य गरे वापत योगेन्द्र स्मृति साहसिक पुरस्कार जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत प्रहरी हवल्दार सुरजसिंह दमाईलाई प्रदान गरिएको छ ।
    त्यस्तै, महानगरीय प्रहरी वृत्त कालीमाटीको नयाँ भवन निर्माणार्थ निःशुल्क जग्गा प्रदान गर्ने गुठी संस्थान शाखा कार्यालय काठमाडौंका प्रमुख वैकुण्ठ रेग्मी, सुरक्षित अभियान नेपालका सचिव दिनेश पाण्डे, प्रहरी नायव उपरीक्षक केदार रजौरे, प्रहरी नायव उपरीक्षक नवराज अधिकारी र उत्कृष्ट व्यवस्थापक पुरस्कार प्रहरी निरीक्षक मात्रिका गुरागाईलाई प्रदान गरिएको छ ।
    वर्षको उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी निरीक्षकहरु हरिबहादुर बस्नेत, अनिल ठकुरी, प्रहरी नायव निरीक्षकहरु गणेश बहादुर बोगटी र ईश्वर थापा, उत्कृष्ट प्रशिक्षणतर्फ आन्तरिक प्रशिक्षण पुरस्कार प्रहरी नायव उपरीक्षक मेघराज कंडेल, सर्वोत्कृष्ट बाह्य प्रहरी प्रशिक्षक प्रहरी नायव निरीक्षक अशोक कुमार सिंह, सामुदायिक प्रहरी सेवातर्फ प्रहरी सहायक निरीक्षक दिलसरा राना क्षेत्रीलाई पनि पुरस्कृत गरियो ।
    उत्कृष्ट खेलाडीहरुतर्फ प्रहरी नायव निरीक्षक भोलानाथ सिलवाल, प्रहरी हवल्दार इमबहादुर मगर, प्रहरी जवानहरु विष्णु कटुवाल, मन्जित श्रेष्ठ, देवीकुमारी चौधरी,  उत्कृष्ट उद्धार प्रहरी जवान टेक बहादुर बुढा, उत्कृष्ट ट्राफिक प्रहरी नायव निरीक्षक नरेन्द्र बहादुर सिंह र प्रहरी जवान रबिना तामाङलाई कदरपत्र प्रदान गरियो ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…