किन नारी तिमिलाई मात्रै
मैला वस्त्र धुने काम?
किन नारी तिमीलाई मात्र
चरित्रको बदनाम?
धुरी घरको जल्दा खेरी
घर खरानी हुन्न र?
अस्मिता तिम्रो लुटिदा नारी
पुरुष मर्द हुन्छ र?
पुरुषलाई स्वतन्त्रता यहाँ
जहाँ जता गएपनी
नारी तिमिलाई बन्देज छ यहाँ
कैद साङ्लाले बाध्छ किन?
कालो वस्त्र किन है पुरुष
दाग तिम्रो देखिन्न र?
सेतो वस्त्र किन नारी
दाग लाग्यो कि मेटिन्न र?
नारी पुरुष समान भनी
नेता भाषण गर्ने
असमानताको मारमा नारी
कति पिधिइ रहने
कार्फोक ,इलाम
२९ असोज,२०७४,आइतवार