• काठमाडौं,  ।

    महिला उद्यमी तथा ढाकाविद् कल्पना योङहाङ लिम्बूलाई सभासद् उम्मेदवारमा सिफारिस गरिएको छ । एक सफल महिला उद्यमीको परिचय बनाएकी कल्पनालाई नेकपा एमाले काठमाडौंं जिल्ला कमिटिले प्रदेश–३ को निर्वाचन क्षेत्र–३ का लागि समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको हो ।
    त्यस्तै, लोकतान्त्रिक महासंघ र उद्योग महासंघले पनि निर्वाचन क्षेत्र–३ कै लागि कल्पनालाई उम्मेदवार सिफारिस गरेका छन् । नेकपा एमालेको विभिन्न भातृ संगठनले आफ्नो नाम सिफारिस गरेपछि खुसी हुँदै कल्पनाले भनिन्, ‘मेरो नाम सिफारिस गरेर पार्टीले मलाई न्याय गरेको अनुभूति भएको छ ।’


    द हाइल्याण्ड आर्ट र कल्पना ढाका बुटिक सञ्चालन गरेर एक दशकभन्दा लामो समयदेखि ढाका उत्पादन तथा विक्री वितरण गर्दै आएकी कल्पना बामपन्थी राजनीति पनि उत्तिकै सक्रिय हुँदै आएकी छन् ।
    २०४० सालमा अखिल नेपाल महिला संघमा आवद्ध भएर राजनीतिमा सक्रिय भएकी कल्पनाले भनिन्, ‘पार्टी र समाजका लागि मैले तीन दशकभन्दा बढी समय विताइसकेकी छु । अहिलेको अवस्थामा आएर पार्टीले उम्मेदवारमा मेरो नाम सिफारिस गरेको छ । यसलाई सकरात्मक रुपमा लिएकी छु ।’

    ढाकाबारे लामो समय खोज अनुसन्धान गरेर ढाकाविद् बनेकी कल्पनालाई राज्यले समेत एक कुसल र सफल महिला उद्यमीको रुपमा सम्मान गरिसकेको छ । नेपाली सिपमूलक व्यापार व्यवसाय गर्दै समाजिक तथा राजनीति यात्रालाई निरन्तर अगाडि बढाइरहेकी कल्पना भन्छिन्, ‘राजनीति स्थायित्व र समृद्ध नेपाल बन्नलाई बाम एकता जरुरी छ ।’ उनले पछिल्लो समय नेकपा एमाले, नेकपा एमाओवादीलगायतको बाम एकतालाई सकरात्मक रुपमा लिँदै अहिलेको एकताले सकरात्मक सन्देश दिएको उनले आफ्नो धारणा सुनाइन् । यो एकता स्थिर भएमा देश विकासमा समय नलाग्ने भन्दै कल्पनाले भनिन्, ‘बाम एकताले देशको विकास र समृद्धीमा चाँडो फड्को मार्नेछ ।’

    व्यापारिक तथा सामाजिक कार्यकै दौरानमा विश्वका ३३ भन्दा बढी मुलुकको भ्रमण गरिसकेकी कल्पनाले प्रदेशिक प्रान्तिय राज्य सञ्चालनबारेमा समेत अनुभव बटुलेकी छन् ।
    ‘प्रान्तिय संरचना र विकास कस्तो हुनुपर्छ भन्ने विभिन्न देशको भ्रमणपछि मैले बुझेकी छु’ कल्पनाले भनिन्, ‘त्यसैले म सभासद् भएँ भने त्यो अनुभवहरुलाई भरपूर्ण सदुपयोग गरेर देशको विकास र समृद्धीमा जोड दिनेछु ।’ आर्थिक, राजनीतिक र सामाजिक पथलाई एकैसाथ डो¥याउँदै आएकी कल्पना भन्छिन्, ‘राजनीतिक भनेको विकासमूलक हुनुपर्छ अनि मात्र देशले निकास पाउँछ ।’

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…