काठमाडौं–
नेपाली कांग्रेसले युवा नेता गगन थापालाई प्रवक्ताको जिम्मेवारी दिने भएको छ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार थापालाई प्रवक्ताको जिम्मेवारी लिन औपचारिक रुपमा प्रस्ताव गरेका छन्।
लामो समयदेखि कांग्रेसको प्रवक्ता पद रिक्त थियो । यसअघि उक्त जिम्मेवारी दिलेन्द्र वडुले सम्हालेका थिए।
थापालाई प्रवक्ता बनाउने निर्णय भए पनि औपचारिक पत्र भने बुधबार दिइने बताइएको छ।