काठमाडौं । सामाजिक काममा क्रियाशिल संस्था माउण्ट एभरेष्ट सेवा समाज नेपालका कतारमा रहेका पदाधीकारीहरुले सामुहिक रुपमका भाईटिका लगाएका छन् । कतारमा संस्थामा आउन इच्छुक र पदाधीकारीहरुलाई साया कोईरालाले पालैपिलो भाईटीका लगाईदिनुभयो । परायमुलुकमा टीका लगाईदिँदा केहि क्षण त्यहाको माहौल निक्कै भावुक भएको थियो ।
सायाले सबैलाई निधार सप्तरंगी टीका र माला लगाईदिनुभयो । सायाले यतिधेरै दाजुभाई पाएकोमा खुशी प्रकट गर्नुभयो । सोहि अवसरमा संस्थाको टिर्सट पनि वितरण भएको थियो ।
वाहिरी मुलुकमा रहेपनि आफ्नो कलासंस्कृति नभुलेको र विदेशमा भाईचारा र चेलीमाईतीको सम्बन्ध स्थापित गर्न सफल भएको संस्थाका सह—सचिव रोहित खनालले बताउनुभयो ।
विदेश आएको १७ बर्षभयो, त्यति लामो समयपछि रमाईलो गरेर तिहार मनाउने अवसर मिल्यो, सहसचिव खनालले खुशी प्रकट गर्दै भन्नुभयो,यो सबै खुशी जुराउने माउण्ट एभरेष्ट सेवा समाज नै हो । सोहि अवसरमा संस्थाका अध्यक्ष इन्द्र कटुवालको जन्मदिनको शुभकामना आदानप्रदान गरिएको थियो । ‘इच्छाशक्ति हुँदा विदेशमा पनि आफ्नो कलासंस्कृति मनाउन सकिन्छ, चिनापरिचय गर्दै दाजुबहिनीको सुमधुर सम्बन्ध बनाउन सकिन्छ भनेर कार्यक्रम आयोजना गरिएको अध्यक्ष कटुवालले बताउनुभयो ।
उहाँले आफ्नो जन्मदिनमा शुभकामना दिनुहुने सबैमा धन्यवाद प्रकट गर्नुभएको छ । सोहि कार्यक्रममा स्याङ्जाका वेदराज सुवेदी सदस्य बन्दै संस्थालाई सहयोग गर्नुभएको छ ।
कार्यक्रममा संस्थाका सचिव इश्वरी प्रसाद रेग्मीले कार्यक्रमलाई भब्य र सभ्य बनाउन सहयोग गर्ने सबैमा धन्यवाद प्रकट गर्नुभएको छ ।