• मोरङ–पूर्बी नेपालका नौ जिल्ला लिम्बुवान राज्य हुनुपर्ने माग राख्दै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि एकसय ५० भन्दा बढी उमेद्वार उठाउने तयारी गरेको छ ।

    आगामी मंसिरमा दुई चरणमा हुन लागेको निर्वाचनको लागि प्रतिनिधि र प्रदेशसभामा समानुपातिकतर्फ एक सय उमेद्वारको मनोनयन दर्ता भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन(मिराक)ले बताए ।

    दाप सहितको खुकुरी चुनाव चिन्ह पाएका मञ्चले प्रदेश नं. १,२,३,४ र ७ नम्बर प्रदेशबाट समानुपातिकतर्फबाट उमेद्वार दर्ता भएको उनले बताए । प्रत्यक्षतर्फ दुवै सभागरी ५० भन्दा बढी उमेद्वारीको तयारी भइरहेको अध्यक्ष लिङ्देनले बताए । संगठनका अध्यक्ष लिङ्देन, उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, प्रदेश महासचिव संगम खनाल लगायतका मुख्य नेताहरु प्रदेश सभाको समानुपातिक सूचीमा मनोनयन दर्ता भएको छ । ठूला दलहरुका मुख्य नेताहरु प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उमेद्वार बन्ने निश्चित भएको बेला लिम्बुवानका मुख्य नेताहरु भने प्रदेशसभाको समानुपातिकका उमेद्वार बनेका हुन् । संगठनका महासचिव अशोक चेम्जोङ

    लिम्बू भने मोरङ १ नम्बर र उपमहासचिव भबिराज लिम्बू मोरङकै ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभाको प्रत्यक्ष उमेद्वार बन्ने पक्का भएको छ ।
    लिम्बुवान राज्य प्राप्तिको मुख्य माग राखेर आन्दोलन गर्दै आएको उक्त संगठनले १ नम्बर प्रदेमा प्रतिनिधिसभाको प्रत्यक्षमा २५ र प्रदेशमा ५० जना उमेद्वार उठाउने तयारी भइरहेको उपमहासचिव भबिराज लिम्बूले बताए । उक्त प्रदेशमा प्रतिनिधिसभाको २८ र प्रदेशसभाको ५६ निर्वाचन क्षेत्र निर्धारण भएको छ ।

    अन्दोलनकै अर्को रुपमा चुनाव
    दोस्रो संविधानसभाको निर्वाचन बहिस्कार र सात प्रदेश सहितको घोषित संविधानलाई अस्वीकार गर्दै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई आन्दोलन कै रुपमा लिने बताएको छ । ‘लिम्बुवान राज्यको माग र मुद्धा मरेको छैन ।’ अध्यक्ष लिङ्देनले भने ‘निर्वाचनलाई टेकेर आन्दोलनमा जाने निर्णय गरेका हौ ।’

    चुनाव बहिष्कारको श्रृङखला
    लिम्बुवान आन्दोलनको स्थापना कालमा एउटै संगठनमा रहेका कुमार लिङ्देन र सञ्जुहाङ्ग पालुङ्वा लोकतान्त्रिक परिवर्तनपछि हरेक जस्तो निर्वाचनमा एउटा पक्ष निर्वाचनमा र अर्को पक्ष बहिस्कारमा लाग्दै आएका छन् । पहिलो संविधानसभाको निर्वाचनमा कुमार लिङ्देन नेतृत्वको संगठन निर्वाचनमा गयोभने पालुङ्वा पक्षधरले बहिस्कार ग¥यो । संविधान सभाको दोस्रो निर्वाचनमा सञ्जुहाङ पालुङ्वा नेतृत्वको संगठन निर्वाचनमा गयो भने लिङ्देन पक्षले बहिस्कारको घोषणा ग¥यो । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा कुमार लिङ्देन नेतृत्वको संगठन निर्वाचनको तयारीमा लागेका छन भने पालुङ्वा बहिस्कार घोषणा गरिसकेका छन् ।

    लिङ्देन नेतृत्वको लिम्बुवानले बहिस्कार गरेको दोस्रो संविधानसभाको निर्वाचनमा सञ्जुहाङ्गसँगै वीर नेम्बाङ्ग नेतृत्वको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा चुनाव चिन्ह घण्टाघर रामभक्त कुरुङ्वाङ्ग नेतृत्वको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा(लोकतान्त्रिक) चुनाव चिन्ह कोट लिएर निर्वाचनमा गएका थिए । त्यसबेला संघीय लिम्बुवान राज्य परिषद झण्डामा सुर्यमुखी फूल चुनाव चिन्ह लिएर चुनावी मैदानमा गएका तिनैवटा पार्टीको समानुपातिक मत जोड्दा सात हजार नघेको थिएन । संविधानसभाको पहिलो निर्वाचनमा कुमार लिङ्देनले नेतृत्व गरेको तत्कालीन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतको गठबन्धनले दुई वटा सभासद जितेका थिए ।

    पहिचानवादी दलहरुको एकता तथा तालमेल नुहने
    लिङ्देन नेतृत्वको मञ्च लगायतको सात पहिचानवादी संगठनको तालमेल नहुने भएको छ । संघीय लोकतान्त्रिक मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपा पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट) लगायतको सातवटा पार्टीहरुको एकता, एकता नभए चुनावी गठबन्धनको लामो छलफल चलेपनि तालमेल नहुने भएको छ ।

    राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले पार्टीको नाम र चुनाव चिन्ह घर, त्यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट)की अध्यक्ष रुकमिनी थारुले चुनाव चिन्ह घैला छाड्न नमानेपछि तालमेल नुहने भएको बुझिएको छ । नेपा पार्टीको चुनाव चिन्ह खड्ग लिएर संघीय पार्टी नेपाल नामराखेर एकताको लागि छलफल भएको थियो । छलफलमा रहेका छ वटा पार्टी आफ्नै संगठनबाट निर्वाचनमा जाने भएका छन् । पार्टी एकताको छलफलमा सहभागि खम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष रामकुमार राई(आर.के.खम्बू) राष्ट्रिय जनता पार्टी(राजपा)बाट समानुपातिक सूचीमा मनोनयन दर्ता भइसकेका छन । मोर्चाले संविधानसभा दोस्रो निर्वाचनमा समानुपातिकबाट एक सिट जितेर अध्यक्ष खम्बू सभासद बनेका थिए ।

    मोरङ ३ मा भबिराज लिम्बू
    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट मोरङ ३ नम्बर क्षेत्रबाट भबिराज लिम्बू प्रतिनिधि सभाको लागि प्रत्यक्ष उमेद्वार उठ्ने भएका छन् । उनी मञ्चका केन्द्रीय उपमहासचिव हुन । आज पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी उमेद्वार घोषणा गरेका हुन् । प्रदेशसभातर्फ क्षेत्र ३(क)मा प्रत्यक्षतर्फ नन्दबहादुर याम्फू उठ्ने भएका छन् । वामपन्थि र लोकतात्रिक गठबन्धनबाट भने उमेद्वारको टुङ्गो लागि सकेकोको छैन ।

    ससफो नेताको लिम्बुवान त्यागेको आरोप
    संघीय लिम्बुवान पार्टी नेपालबाट संघीय समाजवादी फोरममा गएका खगेन्द्र माखिमले लिम्बुवानको मुद्धा उपेन्द्र यादवलाई बुझाएको मञ्चका उपमहासचिव भबिराज लिम्बूको आरोप छ । माखिम संघीय लिम्बुवान पार्टीको केन्द्रीय उपाध्यक्ष थिए ।

    पार्टी उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरममा मिलाएपछि प्रस्तावित लिम्बुवान क्षेत्रमा एक आपसमा कार्यकर्ता तानातान हुदै आएको छ । माखिम संघीय समाजवादी फोरम राजनीतिक समिति सदस्य तथा लिम्बुवान प्रदेश समितिका अध्यक्ष छन् । उमेद्वार घोषणा कार्यक्रममा भबिराज लिम्बूले माखिमले मुद्धा त्यागेपनि आफूहरु आत्मासमर्पण गर्न नसकेको बताए ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…