• झापा । झापाको विर्तामोड तनावग्रस्त बनेको छ । बालक हत्याको विरोधमा स्थानीय बासिन्दाले निकालेको र्यालीमा प्रहरीले दमन गरेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रहरीले दर्जनौं राउण्ड रवरका गोली चलाएको छ । शान्तिपूर्ण रुपमा आयोजना गरिएको र्यालीमा प्रहरीले दमन गरेको भन्दै सर्वसाधारणले नारावाजी गरिरहेका छन् ।
    शनिश्चरे रोडबाट आज बिहान निकालिएको र्याली प्रहरीकै इस्कर्टिङमा विर्तामोडको मुक्ति चोकमा पुगेपछि प्रहरीले रोकेको थियो ।

    प्रहरीको अवरोधलाई छिचोलेर विरोध र्याली अगाडि बढ्न खोज्दा प्रहरीले लाठीचार्ज तथा गोली प्रहार गरेको हो । शान्तिपूर्ण आन्दोलनमा उत्रेका सर्वसाधारणमाथि प्रहरीले लाठी तथा अश्रुग्यास प्रहार गर्न थालेपछि सर्वसाधारणले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले गोली प्रहार गर्न शुरु गरेको स्थानीय पत्रकार पुजन घिमिरेले बताए ।

    तर, जिल्ला प्रहरी कार्यलयका एसपी विष्णु केसीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यासमात्र प्रहार गरेको बताए । उनले झडपमा के कति घाइते भए भन्ने यकिन भैनसकेको पनि बताए ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…