• नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ९ (साविक)का सांसद् एवं जिल्ला सभापति डिगबहादुर लिम्बूले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तरगत २३ वटा योजनामा तीन करोड रूपैयाँ बिनियोजन गर्नुभएको छ ।

    सांसद् लिम्बूले क्षेत्र नं. ९ मा पर्ने दुई नगरपालिका उर्लाबारी र लेटाङ र एक गाउँपालिका मिक्लाजुङमा सडक निर्माण, विद्युत विस्तार, खानेपानी, शिक्षा, सामुदायिक भवन, ह्युमपाइप खरिद, सामाजिक विकासलगायत विकास निर्माणका पूर्वाधारहरूलाई प्राथमिकतामा राखेर २२ वटा योजनामा तीन करोड विनियोजन गर्नुभएको हो ।

    सांसद् लिम्बूले उर्लाबारी क्याम्पस भवन निर्माणमा ३० लाख, लेटाङ क्याम्पस भवन निर्माणमा १० लाख, उर्लाबारी–३ मंगलबारेस्ति धिमाल संग्रहालय निर्माणमा १६ लाख ५० हजार, उर्लाबारी–२ स्थित बेतिनी सीमसार विस्तारमा १० लाख, उर्लाबारी–७ स्थित नमूना बालगृहलाई १० लाख, मिक्लाजुङस्थित टाँडीमा किरातेश्वर माङ्हीम निर्माणमा १० लाख रूपैयाँ बिनियोजन गर्नुभएको छ ।

    यस्तै, सडक तथा पूर्वाधार निर्माणतर्फ छचौंक–चण्डाल चौक–लालमाटी फेदी सडक निर्माणमा ४० लाख, सिंहदेवीस्थित मालिबासे–बतहा सडक निर्माणमा १५ लाख र अन्य १० वटा सडक निर्माणमा १०÷१० लाख रूपैयाँ बिनियोजन गर्नुभएको छ । रमितेखोलास्थित कोलबोटे–साजबोटे–चुली सडक, बर्से–मांखा–खोलिङ्खा सडक, बारंगीस्थित धुर्पा–तेर्से–आहाले सडक, जयनेपाल चौंकदेखि जाते पुछारसम्म जाने सडक, माहाभारा मावि डाँडाटोल हुँदै घुम्ती सडक, उर्लाबारीस्थित सीमसार चौंकबाट रामचन्द्र थापाको घर जाने सडक,  सिंहदेवीस्थित चिसापानी–बारंगी सडक, लेटाङस्थित बतासे चौंक भित्री सडक विस्तार,

    भण्डारी मार्ग र मजुवा–करमबोटे सालबारी सडकमा  १०÷१० लाख रूपैयाँ बिनियोजन गरिएको छ । यस्तै, मधुमल्ला रंगशाला (रेशम खेती छेऊ) निर्माणमा १० लाख, लेटाङस्थित भुवा खोला ग्रामीण पैनी निर्माणमा १० लाख, विश्व शान्ति सामूदायिक भवन मधुमल्ला निर्माणमा १० लाख, वारंगी सौर्य जडानमा १२  लाख ५० हजार र सिंहदेवीमा विद्युत विस्तारका लागि पोल खरिदमा १० लाख रूपैयाँ बिनियोजन गरिएको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…