• मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा पाएको इटालियन कम्पनी ‘सीएमसी डी राभेन्नाँ’ ले काम नगर्दा समयमै पानी आउने अनिश्चितता बढेको छ । आयोजनाले आगामी चैतसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने जनाएको थियो ।

    सुरुङ खनेपछि गर्नुपर्ने ‘कंक्रिटिङ’को काम बढाउन सीएमसीले अहिलेसम्म बेवास्ता गरेको छ । २७ किलोमिटरमध्ये १ हजार ४ सय मिटर मात्र सुरुङ खन्न बाँकी रहे पनि खनिएको सुरुङ ‘कंक्रिटिङ’को कामले गति लिन सकेको छैन ।

    आयोजनाका सिनियर डिभिजन इन्जिनियरराजेन्द्रप्रसाद पन्तले अहिलेसम्म डेढ किलोमिटर मात्र ‘कंक्रिटिङ’ भएको बताए ।

    खनिएको सुरुङ ढलान गरेर अन्तिम रूप दिनुलाई ‘कंक्रिटिङ’ भनिन्छ । ठेकेदारले अहिले दैनिक मुस्किलले १० मिटर जति मात्र सुरुङ ‘कंक्रिटिङ’ गर्दै आएको छ । गत वर्ष उपकरण अभावमा समयमा ‘कंक्रिटिङ’ गर्न नसकिएको बताएपछि एसियाली विकास बैंक (एडीबी)ले सीएमसीलाई उपकरण खरिद गर्न रकम उपलब्ध गराएको थियो ।

    १५ कात्तिकपछि कामको गतिका आधारमा मात्र मेलम्चीको पानी काठमाडौंंमा कहिले आउँछ टुंगो लाग्ने उनले बताए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।


सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…