२९/१०/२०१७ आइतबार By:Ratokalam
खै के लेखौं तिमिलाई म, लेखेरै सकिन्न
खै के भनौं तिमिलाई म, भनेरै सकिन्न
समयको बहावमा स्मृतिका बादलहरु
तस्वीरमा बिगतका नमेटिएका डोबहरु
सपना कि बिपना हो यो बजिरहे धुनहरु
अन्धमुष्टि अन्धकारमा रुमाल्लिए क्षेणहरु
चोटहरु घाउ बने,मल्हम छैन पुरस्कार
रगतहरु बग्न थाले, पट्टि छैन तिरस्कार
खै के लेखौं तिमिलाई म , लेखेरै सकिन्न
खै के भनौं तिमिलाई म ,भनेरै सकिन्न
भोटेचौर,सिन्धुपाल्चोक
हाल: काठमाडौं