• काठमाडौं, कात्तिक १४ –

    माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले ढुंगेललाई मंगलबार बिहान ११ बजे ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो ।  नेता ढुंगेललाई ओखलढुंगाका उज्जन कुमार श्रेष्ठको हत्या गरेको ठहर गर्दै सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० गते हत्या भएको थियो ।

    अदालतले नेता ढुंगेललाई दोषी ठहर गरेर सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो  । दोषी ठहर गरेका ढुंगेललाई प्रहरीले पक्राउ नगरेको भन्दै प्रहरी महानिरीक्षकमाथि अदालतको मानहानी गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएको थियो ।

    एक हप्ताभित्र पक्राउ गर्न आदेश गरे पनि नपक्रिएको भन्दै आइजिपीमाथि अदालतको अवहेलन मुद्दा कात्तिक ८ गते दायर भएको थियो । त्यसको ६ दिनपछि ढुंगेल पक्राउ परेका हुन् ।

     

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…