पूर्वीमोरङका प्रभावशाली नेता एवं नेपाली कांग्रेसका नेता ललित अधिकारी आम मतदाताहरुसँगै गएर प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गर्दैैछन् ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि बिहिबार बिहान १० देखि अपरान्ह ५ बजेसम्मको समय तोकेको छ।
पूर्वीमोरङका प्रभावशाली नेता अधिकारीले बिहान ९:३० बजे नै भेला भएर विराटनगरस्थित जनता आवासमा जाने तयारी गरिरहेको उनी निकटहरुले बताएका छन् ।
मोरङ क्षेत्र नं. १ क कालागि उमेदवारी दर्ता गर्न अधिकारी सहितको टोली बिहान ९:३० बजे भेला भएर र्यालीसहित विराटनगर जान लागेको हो ।
यसअघि पनि सोही क्षेत्रबाट समानुपातिक उम्मेदवार ललितको लोकप्रियता पूर्वीमोरङमा विकास निर्माणमा तीन दशकको सक्रियताले झनै बढेको छ ।
यसपटक उनका प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनबाट नेकपा माअोवादी केन्द्रका कुशल लिम्बू हुनेछन् ।