• उर्लाबारी /आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि मोरङमा उम्मेदवारी मनोनयन दर्ता आज सम्पन्न भएको छ ।

    बिहान १० बजेदेखि मनोनयन दर्ता भएपनि सबैभन्दा पहिले नयाँ शक्ति पार्टीका उम्मेदवारहरु उम्मेदवारी दर्ता गर्न पुगेका थिए । त्यसपछि काँग्रेसका नेताहरु उम्मेदवारी दर्ता गर्न क्षेत्रगत रुपमा कार्यकर्ताको जुलुसहित निर्वाचन कार्यालय पुगे ।



    बाम गठबन्धनले भने संयुक्त रुपमा ¥यालीसहित एकसाथ सबै उम्मेदवारहरु लिएर निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो । दलहरुको नाराजुलुस र उल्लासबीच उम्मेदवारी दर्तामा सर्बसाधारणको पनि बाक्लो उपस्थिति रहेको थियो ।

    मोरङबाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला, डा.मिनेन्द्र रिजाल र महेश आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । कोइरालाले क्षेत्र नम्बर ६, रिजालले २ र आचार्यले ४ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

    यसैगरी, कांग्रेसबाट निर्वाचन क्षेत्र नम्बर ५ मा अमृत अर्याल, ३ मा विवादास्पद छवीका सुनील शर्मा र १ मा जिल्ला पार्टी सभापति डिकबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर ३ बाट कांग्रेसको टिकट पाएका शर्मा नोबेल मेडिकल कलेजका सञ्चालक समेत हुन् ।



    यस्तै बाम गठबन्धनबाट १ मा घनश्याम खतिवडा, २ मा ऋषिकेश पोखरेल, ३ मा भानुभक्त ढकाल, ४ मा अमनलाल मोदी, ५ मा शिवकुमार मण्डल र ६ मा लालबाबु पण्डितले उम्मेद्वारी दर्ता गरेका छन् ।

    प्रदेशसभातर्फ बाम गठबन्धनबाट क्षेत्र नं. १ को क मा कुलप्रसाद साम्बा र ख मा उपेन्द्र घिमिरे, क्षेत्र नं. २ को क मा गणेश उप्रेती र ख मा लिलाबल्लभ अधिकारी, क्षेत्र नं. ३ को क मा गीता तिम्सिना र ख मा राजकुमार ओझा, क्षेत्र नं. ४ को क मा विजय विश्वास र ख मा जीवन घिमिरे, क्षेत्र नं. ५ को क मा ज्ञानेश्वर राजवंशी र ख मा सुभतथा क्षेत्र नं. ६ को क मा जीवन आचार्य र ख मा रमेश पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् ।



    उता नेपाली काँग्रेसबाट क्षेत्र नं. १ को क मा ललित अधिकारी र इश्वरी कोइराला, क्षेत्र नं. २ क मा सुमन कुवँर र ख मा नागेश्वरप्रसाद सिंह ,क्षेत्र नं. ३ को क मा सुयर्माराज राई र ख मा ललितबहादुर श्रेष्ठ, क्षेत्र नं. ४ को क मा भक्तिनाथ माझी र ख मा विश्वनाथ रिजाल, क्षेत्र नं. ५ को क मा सुकदेवप्रसाद मण्डल र राजेशकुमार गुप्ता, क्षेत्र नं. ६ को क मा चुमनारायण तबदार र ख मा केदार कार्कीले उम्मेदवारी दर्ता गरेका छन



    मनोनयन दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले नेता पण्डितले भने, ‘जनताको भावना बुुझ्न सक्ने व्यक्ति भएको हुनाले आफूलाई जनताले विजयी बनाउनेमा ढुुक्क छु ।’

    नयाँ शक्तिका तर्फबाट क्षेत्र नम्बर २, ४, ५ र ६ मा क्रमशः दीपक कोइराला, राकेश चौधरी, अमृत महतो र विमला आचार्यले उम्मेदवारी दिएका छन्।

    क्षेत्रीय निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी हेमन्तकुमार श्रीवास्तवले मोरङमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता सकिएको जानकारी दिए । उनका अनुसार जिल्लामा ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेका छन् ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…