कानेपोखरी÷नेकपा एमालेको झोला बोकेको २५ वर्ष बितिसक्दा पनि पार्टीबाट जीवन बाँच्ने आश्वासन समेत नपाएको अभिब्यक्ति दिँदै मोरङको कानेपोखरी–४ की कमला योन्जन नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन ।
उनी नेकपा एमाले निकट अखिल नेपाल महिला संघकी क्षेत्रीय अध्यक्ष हुन् । लामो समय एमालेको राजनीतिसँगै सहकारी अभियानमा संलग्न योन्जन स्थानीय दीगोपन सामाजिक उद्यमी महिला सहकारी संस्था लि को समेत अध्यक्ष हुन । योन्जनसँगै डिल्लीमाया बस्नेत पनि शुक्रबार नै कांग्रेसमा प्रवेश गरेकी छिन । बस्नेत स्थानीय ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहमा एमालेको प्यानलबाट निर्वाचित कोषाध्यक्ष हुन ।
साविक बयरवन क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका योन्जन र बस्नेतलाई शुक्रबार नै प्रतिनिधि सभा र प्रदेश सभाका कांग्रेस उम्मेद्वार सुनील शर्मा र सुयर्माराज राईले फुलमाला र अविर लगाएर कांग्रेसमा स्वागत गरे ।
कांग्रेसमा प्रवेश गरेसँगै तामाङले सबैलाई स्तब्ध पार्दै भनिन–‘ एमाले पार्टीको कार्यकर्ता भएर २५ वर्ष हिडें । तर अबसरहरू हुने खाने र संभ्रान्त वर्गका कार्यकर्ताका बरिपरि मात्र पुगे । गरिवको पार्टी भनेर गरिवको मत लिने तर सीमान्तकृत वर्गलाई कहिल्यै अवसर नदिने पार्टी नेतृत्व प्रति उनले कटाक्ष प्रकट गरिन ।
योन्जन र बस्नेतसँगै २५ जनाले एमाले पार्टी परित्याग गरेको कांग्रेसका कार्यकर्ता हिमप्रसाद तिम्सिनाले बताए ।