• झापा। झापाका चर्चामा रहेको क्षेत्र झापा १ विश्वप्रकाश शर्माको उमेद्वारीका कारण पनि चर्चामा छ। त्यसमा केहि चर्चा उनीसँगै उमेद्वार बन्न आएका ' पाहुना ' नेताका कारण पनि छ। झापा क्षेत्र नम्बर १ मा यो पटक नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्मासँग पूर्व सञ्चारमन्त्री तथा माओवादी नेता सुरेन्द्र कुमार कार्की चुनावी मैदानमा छन्।

    नेपाली काँग्रेसले आस गरेका नेताहरुमा अग्रपङतिमा रहेका शर्मालाई जिताउन दल नभनी मतदाताहरु चुनावी अभियानमा खटिएका छन्। बौद्धिक व्यक्तित्व तथा वाकपटुताका धनी शर्माको स्थानीयस्तरमा देखिएको क्रियाशिलताको कारण पनि उनी सर्वाधिक रुचाइएका नेता पर्छन। पूर्वमा जीत्ने आस गरेका नेताहरुमा पर्ने उनलाई आफ्नो गाउँठाउँको नेताको रुपमा स्विकार गरिरहेको झापाका स्थानियहरुको अनुभव छ।

    शर्मासँगै भिड्न आएका कार्कीलाई स्थानियले पाहुना नेताको रुपमा व्यवहार गरेका छन्। अतिथि सत्कार भएपनि मतदान गर्ने वेलासम्म मत भने स्थानीयलाई नै दिने खालको चर्चा मतदाता माझ हुन थालेको छ।

    प्रतिनिधिसभा निर्वाचनकालागि १ नम्बर क्षेत्रबाट यि दुई नेताका बाहेक राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट दान बहादुर तामाङ् , संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट धन बहादुर सुब्बा, मंगोल नेशनल लर्गनाइजेनसका तर्फबाट सन्तोष तामाङ्गले उम्मेरदवारी दिएका छन्। यस्तै राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राष्ट्रवादीका) का तर्फबाट भवानी प्रसाद ढकाल, संघिय समाजवादी फोरम नेपालका तर्फबाट भक्त बहादुर लिम्बु सहित सात जनाको उम्मेरदवारी परेको छ।

    प्रदेश सभा

    निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ र ‘ख’ बाट एक स्वतन्त्र सहित नौ नौ जनाको उम्मेरदवारी परेको छ। ‘क’ मा बाम गठबन्धनबाट नेकपा (एमाले)का श्रीप्रसाद मैनालीको उम्मेरदवारी परेको छ भने नेपाली काँग्रेसले केशवराज पाण्डेलाई उम्मेदवार बनाएको छ। यस्तै स्वतन्त्रबाट रोशन अग्रवाल, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मन बहादुर लिम्बु, राष्ट्रिय जनता पार्टी नेपालबाट ओलीन राजवंशी, मंगोल नेशनल अर्गनाइजेसनबाट भाष्कर राई, संघिय समाजवादी फोरम नेपालबाट जगत बहादुर विश्वकर्माको उम्मेदवारी परेको छ। नयाँ शक्ति पार्टी नेपालबाट पुष्प प्रसाद पौडेल र नेपाल कम्युनिष्ट पार्टी (माले) बाट भरोसादास पौडेल पनि चुनावी मैदानमा होमिएका छन्।

    प्रदेश सभा निर्वाचनकालागि क्षेत्र नम्बर १ ‘ख’ मा नेपाली काँग्रेसले अशोक कुमार पोखरेल र बाम गठबन्धनबाट नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीलाई उम्मेरदवारी दिएका छन्। बुढाथोकीको नाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनकालागि चर्चा चलको थियो। यस्तै नयाँ शक्तिका पर्शुराम काफ्ले, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट ख्याम बहादुर सुब्बा, राजपा नेपालका तर्फबाट रमा मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट लक्ष्मी प्रसाद मावो, स्वतन्त्र उम्मेरदवार नरेन्द्र मेचे, संघीय समाजवादी फोरम नेपालका तर्फबाट रामसुफल कामती, मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट श्री प्रसाद लिम्बुको उम्मेरदवारी परेको छ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…