• काठमाडौं । राणा शासन र राजतन्त्रको अन्त्य भए पनि राजनीतिमा वंश परम्परा बाँकी नै छ । यसको प्रमाण खोज्न टाढा जानै पर्दैन । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमतीलाई जित सुनिश्चित हुने क्षेत्रमा उम्मेदवारी दर्ता गर्न कैलालीबाट उम्मेदवार बनाएका छन् । देउवा आफू उपस्थित नभई वारेसनामा मार्फत् डडेल्धुराबाट उम्मेदवारी दर्ता गराए ।

    श्रीमती आरजु राणा देउवाले तामझामका साथ कैलाली– ५ मा पुगेर उम्मेदवारी दर्ता गराएकी छिन्। उता एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा पुगेर उम्मेदवारी दर्ता गराए। वाम गठबन्धन गरेर आफ्नो जित सुनिश्चित गरेका ओलीले सिट बाँडफाँडको क्रममा प्रचण्डलाई आफ्नो मान्छेलाई एक सिट चाहिने भन्दै सालोलाई प्रदेशसभामा सुरक्षित गरेका छन् । ओलीका सालो ज्ञानेन्द्र शाक्य ललितपुर क्षेत्र नम्बर २ ख मा उम्मेदवार बनेका छन् ।

    त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका नातागोता अझ बढी नै चुनावी मैदानमा देखिए । दाहाल स्वंम बाम गठबन्धनको तर्फबाट चितवन ३ मा मनोनयन दर्ता गर्न पुगे । छोरा प्रकाशकी श्रीमती अर्थात् बुहारी बिना मगरले कञ्चनपुर १ मा उम्मेदवारी दर्ता गराएकी छिन् । यता कान्छो स्वाइँ जीवन आचार्यलाई मोरङको क्षेत्र नम्बर ६ क मा प्रदेशसभाको उम्मेदवार बनाएका छन् भने भाइ नारायण दाहाललाई समानुपातिकको सूचीमा राख्न सफल भएका छन्। अन्नपुर्ण पत्रिकामा समाचार छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…