• काठमाडाैँ 

     नेपाली काँग्रेसका प्रभावशाली युवा नेता तथा निवर्तमान सांसद गगन कुमार थापाले अाज एक अाैपचारिक कार्यक्रमसहित ३२ दिने चुनावी प्रचारप्रसार अभियान शुरू गरेका छन् । चावहिलकाे चारूमती बिहारमा भिक्षु धम्मकाे शान्ति पाठसहित शुरू गरिएकाे प्रचार अभियानमा बाेल्दै थापाले नेपाल विकासका लागि अाफ्ना तीनवटा साेचलाइ सार्वजनिक गरे। शिक्षा, स्वास्थ्य र राेजगारीलाइ प्राथमिकता दिँदै अागमी पाँच वर्षमा देशलाइ अार्थिक दृष्टिले विकासकाे पथमा पुर्याउन अाफूले काम गर्ने तथ्य सार्वजनिक गर्दै थापाले देशसँधै कुनै न कुनै अधिनायकवादीहरूकाे परीक्षामा अल्झिरहँदा माथि नपुग्ने धारणा राखे ।

    क्षेत्र नं ४ मा पछिल्लाे ४ वर्षमा अाफूले पहल गरेर विकासका कामहरू पनि सार्वजनिक गरेका थापाले याे अबधीमा अाफूले अाफ्नाे निर्वाचन क्षेत्रमा गरेका विकासका काम देशभर अन्य कुनै पनि सांसदले उसकाे निर्वाचन क्षेत्रमा गरेका कामभन्दा धेरै र प्रभावकारी रहेकाे बताए । अाफ्नाे निर्वाचन क्षेत्र दरबारमार्गदेखि शिवपुरी मुहानपाेखरीमा गरेका महत्वपू्र्ण कामहरूकाे शीर्षकहरू थापाले कार्यक्रममा सुनाएका थिए ।

    नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आयोजना गरेको साे सभा अभियानको सुरुआत गर्दै थापाले “काठमाडौँ उपत्यकामा विद्युतीय सवारीको व्यवस्था नगरेसम्म स्वास्थ्यका दृष्टिले बस्न लायक हुँदैन उपत्यकाको मौलिक संस्कृति नाश भए शहर मृत बन्छ, यसैले सांस्कृतिक सम्पदाको संरक्षणमा सबैको ध्यान जानुपर्छ” भने ।

    चारूमती बिहारमा भएकाे प्रचारप्रसार अभियान शुरू कार्यक्रममा थापाले तराइ र पहाडलाइ जाेड्ने विकासवादी कामलाइ नेपाली काँग्रेसले जाेड दिने बताए । उनले देशले कुनै गठबन्धनका नाममा अरू १०-१५ वर्ष फेरी राजनीतिक प्रयाेगकाे नाममा खेर फाल्न नहुने धारणा प्रकट गरे । अघिल्लाे चुनावमा नेपाली काँग्रेसकाे मात्र हैन सबै पार्टीका मानिसले अाफूलाइ विश्वास गरेकाे बताउँदै अाफूले संबिधान बनाउन र क्षेत्रकाे विकासमा याेगदान दिएकाे बताउँदै याे पटक पनि सबैले देश विकासका लागि अाफूलाइ भाेट दिन अाग्रह गरेका थिए ।

    प्रचारप्रसार अभियानकाे सुरूवात कार्यक्रममामा प्रदेश क उम्मेदवार नराेत्तम बैद्य, प्रदेश ख का उम्मेदवार साधुराम खड्काका साथै समानुपातिक उम्मेदवारहरू दिव्यमणि राजभण्डारी, न्हुच्छेनारायण श्रेष्ठ र राधा घले अादिले उम्मेदवारी र जीतका अाधारलगायतका विषयमा बाेलेका थिए ।

     

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…