तेजन खड्का
उर्लाबारी । नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति एवं पूर्व साँसद डिगबहादुर लिम्बूले बाम गठबन्धनसँग अतालिनु पर्ने स्थिती नआएको बताउनुभएको छ ।
उर्लाबारीस्थित देबिस्थान दुर्गा मन्दिरको सभाहलमा भएको कार्यकर्ता भेला तथा छलफल कार्यक्रममा बोल्दै मोरङ प्रदेश नम्बर १ का नेपाली कांग्रेस उम्मेदवार लिम्बूले मुलुकमा विकास र निकासका लागि नेपाली काँग्रेसलाई बिजयी गराउनका लागि आग्रह गर्नुभयो । अब कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान लिएर कांग्रेस चुनाबमा होमिनेछ, लिम्बूले भन्नुभयो, अन्य राजनितिक र संबैधानिक एजेण्डाहरु सम्पन्न भईसकेको छ । अब कांग्रेस आर्थिक कान्तिको अभियान लिएर अघि बढ्ने छ ।
उहाँले कम्युनिष्टले जिते लोकतन्त्र नै धरापमा पर्ने र अधिनायकबाध व्यवस्था लादिने खतरा रहेको बताउनुभयो ।अधिनायकबाध लादियो भने नेपाली जनताको अस्तित्ब नै धराप हुने उहाँले चिन्ता प्रकट गर्नुभयो ।
उहाँले कांग्रेसहरु आश्वसन भन्दा पनि विकासी नारा लिएर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो,थ्रुप्रै ठाउँमा विकास भएका छन्, अझै हुने क्रममा छन् । तर एमालेहरु काम भन्दा पनि गलत प्रचारमा लाग्ने गरेको
बताउनुभयो । उहाँले विकास निर्माणलाई स्थायित्व तथा दिर्घकालिन बनाउनका लागि पनि कांग्रेसको जित अपरिहार्य रहेको बताउनुभयो । यस्तै नेपाली कांग्रेसका महासमिति सदस्य तथा प्रदेश नम्बर १ क का प्रदेश उम्मेदवार ललित अधिकारीले कांग्रेस काम गर्ने तर प्रचार कम गर्ने पार्टी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, अरुले के गरे भन्दा पनि म यस क्षेत्रको आमुल परिवर्तनको लागि साँझा उम्मेदवारको रुपमा खडा भएको छु । यस क्षेत्रको समृद्धि र आमुल परिवर्तनको लागि मेरो उम्मेदवारी रहेको प्रष्ट पार्न चाहान्छु । उहाँले सम्पूर्ण कार्यकर्तालाई उत्साहका साथ अघि बढ्न आग्रह गर्नुभयो । उहाँले नेपाली काँग्रेसद्वारा नै मुलुकको समृृद्धि हुने उल्लेख गर्दै स्वास्थ्य, शिक्षा, सुकुम्बासी, नदी नियन्त्रणलगायतका समस्याको समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो ।
नेपाल तरुण दल जिल्ला सचिब सचिन शाक्यले नेपाली कांगेसका उम्मेदवारहरुलाई बिजयको शुभकामना दिदंै युवाहरु सक्रियताका साथ चलयामान हुने बताउनुभयो । उहाँले डिगबहादुर लिम्बू यो क्षेत्रको आमुल परिवर्तनको सम्बाहक भएको बताउनुभयो । डिग दाई पूर्व साँसद तथा हालका जिल्ला सभापति हुनुहुन्छ , अन्य पार्टीले पार्टीको शिर ठाडो पार्न आफ्ना उम्मेदवार जिताउने कि विकासको मुल फुटाउन डिगबहादुरलाई जिताउने भनि प्रश्न समेत गर्नुभयो ।
यसैबिच मोरङ प्रदेश नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउनका लागि उर्लाबारीमा बीरबल थापाको संयोजकत्वमा ५ सय ५ सय ५५ जनाको सदस्यीय चुनाब प्रसारप्रसार समिति गठन गरिएको छ ।
उर्लाबारीका प्रत्येक वडामा अनुगमन समिति पनि गठन गरिएको छ । जसमा वार्ड नम्बर १ बाट गोबिन्द भट्टराई,२ बाट खगेन्द्र थापा,३ बाट रोहित कार्की,४ बाट दुर्गाप्रसाद निरौला,५ बाट भेषराज फागो,६ बाट सुरेश राई,७ बाट जयधर्म आचार्य,८ बाट सुरेश अधिकारी र ९ बाट माधब सुवेदी रहनुभएको छ ।