• मोरङ । कार्तिक २२
    समग्र मुलुकको स्थायी विकास र समृद्धिका लागि अबको नेतृत्व युवाले लिनुपर्ने धारणा राख्दै आएका युवा अशोक चेम्जोङले प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र–१ बाट उम्मेदवारी दिएका छन् ।
    अरुणपूर्व लिम्बुवान राज्यको माग गर्दै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट उम्मेदवार बनेका चेम्जोङले यस क्षेत्रको दिगो विकास, समृद्धि र आमुल परिवर्तनको लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । उनि पार्टीको महासचिव समेत हुन् ।
    घरदैलो कार्यक्रममा व्यस्त बनेका चेम्जोङले स्वास्थ्य, शिक्षा, खानेपानी, बाटो, पुल, सुकुम्बासी समस्या, नदी नियन्त्रण लगायतका समस्याको समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता समते प्रकट गरेका छन् ।



    राज्य उन्नतिका लागी उत्पादन मुलक बस्तुहरुमा लगानी गर्न आवश्यक भएता पनि राज्यले यस क्षेत्रमा लगानी नगर्दा देश गरिबीको दलदलमा फसेको र आफु निर्वाचित भएमा यस क्षेत्रमा लगानी मैत्रि वातावरण सिर्जना गर्ने चेम्जोङले बताएका छन् । भष्ट्रचारको जरै उखेल्ने उद्घोष गरेका उनले यस क्षेत्रका जनता आफ्नो उमेदवारीले उत्साहित बनेका बताएका छन् ।
    ठूला भनिएका राजनितिक दलका उम्मेदवारले निर्वाचनको समय जनताको मन जित्न मात्र सस्तो भाषणवाजी गर्ने तर निर्वाचित भइसकेपछि सिन्को नभाच्ने गरेकाले जनताले उनीहरुको खेल बुझिसकेकाले आगामी निर्वाचनमा आफुलाई भोट गरेर निर्वाचित गराउँन जनता उत्साहित रहेको पनि चेम्जोङको भनाई छ ।

     

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…