• उर्लाबारीःमोरङ क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य उम्मेद्वार कुलप्रसाद साँवा (कुशल) ले कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीब्र पारेका छन् । बुधबार उनले मोरङको उर्लाबारी–२, ३, ७ र ९ मा एमाले तथा माओबादीका कार्यकर्ताहरुसँग भेटघाट गर्दै वामपन्थी उम्मेद्वारहरुलाई आसन्न चुनावमा जिताउन अपिल गरेका छन् । उर्लाबारी र मिक्लाजुङलाई समृद्ध शहरका रुपमा परिणत गर्ने आफ्नो प्रतिबद्धता रहेको उल्लेख गर्दै उनले आफू र वामपन्थीहरुलाई मतदान गरी विजयी गराउन सबैलाई अनुरोध गरेका छन् ।

     

    उनले बधुबार स्वतन्त्र निर्माण मजुदर संघका प्रतिनिधिहरुलाई भेटेर मजदुरहरुको माग बामपन्थीहरुले मात्रै पूरा गर्ने भएकाले एक पटक वाम गठबन्धनलाई विश्वास गरेर मतदान गर्न आग्रह गर्दै मजदुरहरुको अधिकार स्थापित गराउने सवालमा कुनै कसुर बाँकी नराख्ने उद्घोष गरेका छन् । आफू भाषण र आसनभन्दा पनि चुनाव जितेर जनताको पक्षमा काम गरेर देखाउनका लागि चुनाबी मैदानमा आएको उनले दाबी गरेका छन् । ‘चुनावका बेला सबैले यो गर्छु, त्यो गर्छु सबैले भन्छन्, तर म त्यो भन्ने पक्षमा छैन’ उनले भने–‘चुनाव जितेको एक महिनाभित्र जनताले अनुभूति गराउने खालको काम गरेर देखाउँछु ।’ अब एमालेले माओबादी र माओबादीले एमालेलाई भोट नदिएर घात गरियो भने ५० बर्षसम्म कांग्रेसको अधिनमा थिचिएर बस्न कम्यूनिष्टहरु तयार रहनु पर्ने र त्यस्ता कम्यूनिष्टलाई इतिहासले धिकार्ने भन्दै इमान्दार भएर जनताको हितमा सोच्न आग्रह गरेका छन् ।

     

    ‘कुशल र घनश्याम प्रतिनिधि पात्र मात्रै हो’ उनले भने–‘हामी गोरु हो तपाईं जोत्ने की नजोत्ने ? ’ आफू अनुकुलका ब्यक्तिले टिकट पाएन भनेर निरास हुनु नपर्ने बताउँदै उनले जनताको हितको काम गरेर वाम गठबन्धनले देखाउने बताएका छन् । पूराना वामपन्थी नेता तथा उर्लाबारी–३ स्थित बगाले थापा ईटा उद्योगका सञ्चालक तेजबहादुर थापासँग भेटघाट गर्दै कुशलले वामपन्थी उम्मेद्वारहरुलाई जिताउन आग्रह गरेका छन् । प्रतिउत्तरमा थापाले वाम एकता हुनु एकदम खुशीको कुरा भएको उल्लेख गर्दै चुनाव जितेर जनताको हितमा काम गर्नु पर्नेमा जोड दिएका छन् । केही दिनदेखि एमाले र माओबादीका नेता तथा कार्यकर्ता भेटघाटमा ब्यस्त रहेका कुशलसहित वामपन्थी गठबन्धनको घरदैलो कार्तिक अन्तिम साताबाट सुरु हुने जनाइएको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…