उर्लाबारी । प्रदेश नम्बर १ का उम्मेदवारलाई बिजय गराउन नेपाली कांग्रेसले प्रचारप्रसार तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तिब्र पारेको छ । यतिबेला कांग्रेसका मोरङ क्षेत्र नम्बर १का प्रतिनिधिसभा उम्मेदवार डिगबहादुर लिम्बू,प्रदेश उम्मेदवार ललित अधिकारी लगायत कांग्रेसजन कार्यकर्ता भेला तथा चुनाबी रणनितीमा ब्यस्त छन् ।
यसैबिच कांग्रेसको पक्षमा माहौल बढाउनका लागि आज मोरङको मधुमल्लामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा मिक्लाजुङ सभापति सेमन्तराज दहालको संयोजकत्वमा ५ सय ११ जनाको चुनाब प्रचारप्रसार समिति गठन गरिएको छ । समितिमा तरुणदल,नेपाल महिला संघ लगायत भातृसंगठनहरुबाट सदस्यहरु छनौट गरिएको छ ।
यस्तै, मानबहादुर राईको संयोजकत्वमा चुनाब अनुगमन समिति गठन भएको छ ।
समितिको सहसंयोजकमा गोपाल बस्नेत सदस्यहरुमा सेरबहादुर बस्नेत,बबी राई,खेम मादेन,मनोज तामाङ,जयगोपाल साह,राधा बोहोरा र याङबहादुर मगर रहनुभएको छ । प्रत्येक वडाको प्रतिनिधीत्व रहने गरि समिति चयन गरिएको गाउँ सभापति सेमन्तराज दहालले बताउनुभयो ।
कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश उम्मेदवार ललित अधिकारी,क्षेत्रिय सभापति खड्ग फागो,कांग्रेस मोरङ जिल्ला सदस्य सीता कार्की,क्षेत्र नम्बर १ का अनुगमन संयोजक बिजय कार्की लगायले कांग्रेसको पक्षमा माहौल बढाउन र कांग्रेसका विकासी एजेण्डा लिएर जनतामाझ जान अनुरोध गर्नुभयो ।
जिल्ला सभापति डिगबहादुर लिम्बूले बामसँग आफ्नो विकासी कामको प्रतिस्पर्धा हुने बताउनुभयो ।