• लेटाङ÷नेपाली मोरङ क्षेत्र नं.१ले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्वारलाई जिताउन प्रचार प्रसारलाई आक्रमक बनाएको छ । बुत्रबार क्षेत्रीय प्रचार प्रसार समितिको सक्रियतामा मिक्लाजुङ र केराबारीमा प्रचार प्रसार तथा अनुगमन समिति गठन गरेको छ ।  मिक्लाजुङमा पार्टीका संयोजक सेमन्तराज दाहालको संयोजकत्वमा ५ सय ११ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ । यस्तै मानबहादुर राईको संयोजकत्वमा ९ सदस्यीय अनुगमन तथा मुल्याङ्कन समिति गठन गरिएको छ । उता केराबारी गाउँ पालिकामा प्रकाश बस्नेतको संयोजकत्वमा ५ सय १ सदस्यीय प्रचार प्रसार सतिति गठन गरिएको छ । केरावारीमा अनुगमन तथा मुल्याङ्कन समितिको संयोजकको जिम्मेवारी वीर्खबहादुर राईलाई दिइएको छ ।  प्रचार प्रसार समितिको गठन गर्दै प्रतिनिधि सभाका उम्मेद्वार डिगकहादुर लिम्बूले लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसको जित अनिवार्य रहेको बताए ।

    https://www.youtube.com/watch?v=kPR0rBMUnuA&feature=youtu.be

    उनले भने–७० वर्ष देखिको नेपाली नागरिकको सपना पुरा भएको छ । संघीय गणतन्त्रको स्थापना पछि भएको कम्युनिष्ट गठबन्धनले संसदीय ब्यवस्थालाई धरापमा पार्ने खतरा रहेको उल्लेख गर्दै कांग्रेसको  अबको  अर्जुनदृष्टि आर्थिक समृद्धिको मात्र रहेको बताए । कांग्रेसको विकल्प कांग्रेस नै भएको जिकिर गर्दै मोरङ कांग्रेसको सभापति समेत रहेका लिम्बूले अगाडि भने –कांग्रेसले  वार्षिक ५ लाख युवालाई रोजगार दिनेछ । हिजो द्वन्द्वका कारण युवा पलायन भएको प्रष्ट्याउँदै लिम्बूले कम्युनिष्ट एकाधिकार लागु भए फेरि पनि युवाहरू पलायन हुने खतरा बढेको औल्याए ।

    कार्यक्रममा बोल्दै प्रदेश सभा ‘ख’का उम्मेद्वार ईश्वरी कोइरालाले उत्तरी मोरङको समग्र बिकासका लागि कांग्रेसको जीत आवश्यक भएको बताए । कोइरालाले सिंहदेवीलाई मोरङको प्रमुख पर्यटकीय गन्तब्य बनाइने उल्लेख गर्दै सिंहदेवी र राजारानी क्षेत्रमा सयौंलाई रोजगारी दिने गरी होमस्टे सञ्चालन गरिने घोषणा गरे । उनले रोजगारका लागि खाडी धाउनु नपर्ने भन्दै आर्थिक विकासका लागि कांग्रेसको जीत अनिवार्य रहेको जिकिर गरे ।  कार्यक्रममा युवा नेता रमेशजंग रायमाझी,प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेद्वार दिलिप सापकोटा लगायतले बोलेका थिए ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…