उर्लाबारी । । नेपाली कांग्रेसका नेता एंव पूर्वमन्त्री डा मिनेन्द्र रिजालको निर्वाचन क्षेत्र अन्य पार्टी छोडेर नेपाली कांग्रेसको प्रवेशको लहर चलेको छ । नेपाली कांग्रेसका चुनावी सभाहरुमा दिनहुँ सयौको संख्यामा बिभिन्न पार्टी छोडेर नेपाली कांग्रेसका प्रवेश गर्ने गरेका छन् । एमाले–माओवादी गठबन्धनका उम्मेदवार ऋषिकेश पोखरेल पोखरेलको गाँउ गोविन्दपुरबाट सयौको संख्यामा एमाले माओवादीका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेपछि एमाले–माओवादी गठबन्धनलाई समस्या पर्ने देखिएको छ । एमालेका उम्मेदवारको गाँउ गोविन्दपुरको इटहरा गुरुङ टोलबाट बुधवार सय जना एमाले माओवादीका अगुवा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन । सो क्षेत्रका मतादताबीच लोकप्रिय देवी गौतम ,पिताम्बर खनाल ,सर्बजित कार्की लगायतलाई नेपाली कांग्रेसका नेता एंव मोरङ क्षेत्र नम्बर दुईका प्रतीनिधी सभाको उम्मेदवार डा मिनेन्द्र रिजालले पार्टीमा स्वागत गरेका थिए ।
२०४८ को संसदीयदेखि संविधानसभाको पहिलो चुनावसम्म कांग्रेसले आफ्नो पकड बनाउँदै आएको र कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको यो क्षेत्रमा दोस्रो संविधानसभामा कांग्रेस उम्मेदवार आमोदप्रसाद उपाध्याय झिनो मतले पराजित भएका थिए । दोस्रो संविधानसभा चुनावमा एमालेका ऋषिकेश पोखरेलको कार्यकालमा विकासका कुनै काम हुन नसकेपछि यो क्षेत्रका मतादात निराश थिए । मोरङको सवैभन्दा पिछडिएको यो क्षेत्र रागिरिजाप्रसाद कोइरालाको पालामा विकासले गति लिएको थियो । गिरिजाप्रसाद कोइरालापछि ती विकास निर्माणका कामलाई अमोदप्रसाद उपाध्यायले निरन्तरता दिएपनि दोश्रो संविधानसभाबाट जनप्रतिनीधि भएका पोखरेलले अधुरा विकासका काम समेत पुरा गर्न नसेपछि जनता निराश भएका थिए । नदी कटान, बाढी नियन्त्रण, झापासँग जोड्ने रतुवा खोलाको अधुरो पुल निर्माण गर्ने र झापा जोड्ने हुलाकी राजमाग निर्र्माणको कामलाई निरन्तरता समेत दिन नसकेपछि जनतामा निराशा छाएको छ ।
पूर्वमा रतुवा र पश्चिममा वक्रहा खोलाको चेपुवामा रहेको यस क्षेत्रमा नदीको कटान र बाढी नियन्त्रणलाई नेता रिजालले मुख्य चुनावी मुद्दा बनाएका छन् । यी दुई नदीमा हरेक वर्ष आउने बाढीले पूरै क्षेत्र प्रभावित बन्दै आएको छ । कांग्रेसको हातबाट ५ वर्ष यो क्षेत्र गुम्दा विकासका सबै कार्यक्रम ठप्प भएको छ । गिरिजाप्रसाद कोइराला र आमोदप्रसाद उपाध्यायको पालामा जति विकास निर्माणका काम भए त्यसपछि थप सवै विकास योजना ठप्प छन् । विकासका नाममा दोश्रो संविधानसभा पछि संसद् विकास कोषको रकम आफ्ना कार्यकर्तालाई अनुकुल पारेर बाड्ने भन्दा अरु केहि काम नै हुन सकेको छैन् ।
तर पछिल्लो पटक गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्र विकासबाट समेत ओझेलमा पर्न थालेपछि नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला तथा नेता आमोदप्रसाद उपाध्याय दुवैले आफुहरु स्वास्थ्यका कारण चुनावी मैदानमा जान नसक्नेभएपछि डा रिजाललाई सो क्षेत्रबाट कांग्रेसले उम्मेदवार बनाएको हो । नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्रमा पार्टीका प्रभावशाली नेता डा रिजाल प्रतिनीधिसभा सदस्यको उम्मेदवार बनेपछि सो निर्वाचन क्षेत्रमा उत्साह छाएको हो । अर्को तर्फ रिजालाई प्रतिनीधिसभा सदस्यको उम्मेदवार बन्दै गर्दा गिरिजाप्रसाद कोइरालाका पालमा जस्तो एकता देखिएको छ ।