ललित अधिकारी, पूर्वी उत्तर मोरङका प्रभावशाली नेता हुनुहुन्छ । मोरङ जिल्लाको साविक जाँते गाविस वडा नं. ३ नामसालिङमा पिता डिल्लीबहादुर र माता हरिलक्ष्मी अधिकारीको कोखबाट २०२३ सालमा जन्मनुभएका उहाँ विद्यार्थी कालदेखि राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ । हाल उर्लाबारी वडा नं. ५ को स्थायी बासिन्दा रहनुभएका अधिकारी २०४६ सालको राजनीतिक परिवर्तनपछि औपचारिक रूपमा कांग्रेसमा आवद्ध हुनुभयो । पारिवारिक तथा समाजसेवी धनबहादुर कार्की लगायतको प्रेरणाबाट कांग्रेसमा आवद्ध भएको बताउनुहुने उहाँ पार्टीको विभिन्न पदमा रहेर कुशलतापूर्वक नेतृत्व गर्दै आउनुभएको छ । अधिकारी २०५३÷०५७ सालसम्म उर्लाबारी गाउँ उपसभापति, तरूण दल मोरङ जिल्ला सदस्य र २०५७÷०६२ सालसम्म उर्लाबारी गाउँ सभापति, २०६३ मा मोरङ निर्वाचन क्षेत्र नं. २ सभापति हुँदै १२ र १३ औं महाधिवेशनबाट महासमिति सदस्यमा निर्वाचित हुनुभयो । २०७० मा सम्पन्न दोस्रो संविधानसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नं. ९ बाट समानुपातिकतर्फको उम्मेद्वार बन्नुभएका उहाँ मोरङ जिल्लामै समानुपातिकतर्फ बढी मत प्राप्त गरेपनि पार्टीभित्रको आन्तरिक व्यवस्थापनका कारण सभासद् हुनबाट रोकिनुभयो ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीको अनुशासन समितिको संयोजक भई काम गर्नु भएका अधिकारी स्थानीय स्तरमा नेपाल रेडक्रस सोसाइटी, उर्लाबारी बहुमुखी क्याम्पस लगायतका विभिन्न संघसंस्थाहरूमा सल्लाहकारमा रहेर पनि सहयोग पुर्याउँदै आउनुभएको छ । उहाँ हाल नेपाली कांग्रेसबाट मोरङ प्रदेश नम्बर १ का प्रदेश उम्मेदवार हुनुहुन्छ । उहाँसँग जनताले धैरै अपेक्षा राखेका छन् । यो क्षेत्रलाई समृद्ध बनाउने जिम्मा ललितको काधमा आएको बजार तथा मतदाताहरुको जिब्रो झुण्डिएको पाइन्छ ।
अरुले त खै के गर्छन,तर ललित माथि पूर्ण विश्वास छ, उर्लाबारी चौकको एक चिया पसलमा जेष्ठहरु गफिदैं थिए,अहिले सम्म ललित कुनै विवादमा आएका छैनन्। जनताको पीर मर्कामा सधै आफ्नो तर्फबाट गर्न सक्ने काम तथा पहलकदमीको लागि सधै क्रियाशिल छन् ।
चुनाबी मिती नजिकिदै जाँदा ललितको पक्षमा माहौल निक्कै बढेको छ ।
समाजिक सन्जालमा म कम्युनिष्ट हुँ तर यो क्षेत्रको लागि विकासको लागि ललित दाईलाई भोट दिन्छु भन्नेहरु निक्कै छन् । गाउँघरमा पनि ललितलाई नै सघाउनेछौ भन्नेहरु निक्कै पाइन्छन् ।
गठबन्धन एक ठाउँमा छ, गठबन्धनको नाममा योग्य र विकासप्रेमि उम्मेदवार ललितलाई गुमाउनुहुन्न, हामीले हाम्रो हैन,राम्रो हेर्ने हो । राम्रा भनेका ललित अधिकारी नै हुन् भन्नेहरु बग्रेल्ती पाइन्छन् । यद्यपि,ललित भने अरुको ब्याकबाइट गर्न चाहाँदैन् । भन्छन्,जनताले योग्य उम्मेदवारलाई नै बिजयी गराउछन भन्नेमा आश्वस्त छन् ।
ललितकै शब्दमा किन मेरो उम्मेदवारी ।
तमाम सम्पूर्ण यस क्षेत्रका आमा बुवा दिदी बहिनीहरुमा सर्वप्रथम नमस्कार । म यहि क्षेत्रको ब्यक्ति । तपाईहरुकै दाई, भाई छोरा नाति ललित अधिकारी । मंसिर २१ गते हुने चुनाबमा मैले प्रदेशका लागि उम्मेदवारी दिएको सर्वविदितै छ । म यो पार्टीले यो गरेर त्यो गरेन भन्न चाहान्न । तर म के गर्न चाहान्छु यो नै महत्वपूर्ण हुनेछ । म यो क्षेत्रको साँझा उम्मेदवार बन्न चाहान्छु । जो मैले विकासी सपनाहरु साँचेको छु । जुन पुरा गर्नुछ ।
हामीसँग तत्काल गर्ने ,पाँच वर्ष भित्र गर्ने र १० वर्ष भित्र गर्ने विकास निर्माणको स्पष्ट खाका छ । खास गरी मैले राजनीतिबाटै आर्थिक समृद्धिको सपना देखेको छु । यो निर्वाचन क्षेत्रका नागरिकलाई थाहा छ , ललित अधिकारीले कहिलै कुनै संघ संस्था वा विकासे समितिमा बसेर लाभको पद लिएको छैन । कम्युनिष्ट पार्टीमा जस्तै गरी पूर्णकालीन कार्यकर्ता भएर राजनीतिक संगठनमा काम गरेको छु । यहाँ मैले जे जे समस्या देखेको छु ति समस्या पहिले सम्बोधन गर्छु । तपाईहरुसँग हातेमालो गर्दै । जनताको कामका लागि यो पार्टी उ पार्टी भनेर कहिले विवेद गरिएन र गर्ने पनि छैन् । अन्य धैरै साथीहरुसँग पनि मेरो सुमधुर सम्बन्ध छ । जनताको समस्यामा काम गर्न पाउदा आफुलाई गौरवान्वित ठान्छु । किनकी मानबसेवा र समाजसेवामा आत्मिक शान्ति पनि मिल्छ ।
०००००००००००००००००००००००
मैले चुनाव जित्नासाथ पहिलो नम्बरमा राजनीतिक पहुँच नपुगे कै कारण सरकारी सेवाबाट बञ्चितहरूलाई राज्यका सेवा सुविधाको पहुँचमा पुर्याउने छु । मत माग्न जाँदा सयौंले मलाई नागरिकता छैन, भनिरहेका छन् । छोराको नागरिकता छ, आमाको छैन, श्रीमानको छ , श्रीमतिको छैन् । बंशजको नागरिकता भएकाले पनि नागरिकता नभए कै कारण राज्यले दिने बृद्धभत्ता औषधि उपचारमा छुट लिन सकेका छैनन । मतदान गर्ने अधिकारबाट बञ्चित छन् ।त्यसैले एक नम्बरमा नगरपालिका र जिल्ला प्रशासनसँग समन्वय गरी नागरिकता टोली गाउँ–गाउँमा पुर्याउने छु । हाम्रो निर्वाचन क्षेत्रमा सडक ,सञ्चार , स्वास्थ्य ,शिक्षाको पहुँच पुगेको छैन । यसका लागि तत्काल योजना बनाएर काम सुरु गर्ने छु । खानेपानीको पहुँच नपुगेको स्थानमा खानेपानी विस्तार गरिने छ । पूर्वमा मावा र पश्चिममा बक्राहाले सयौंलाई उठिवास लगाएको छ । नदी कटान रोक्न तत्काल पहल सुरु गर्नेछु । तर यो समस्याको स्थायी समाधान दीर्घकालिक कार्यक्रम अन्तरगत विज्ञहरूको सुझाव लिएर गर्नेछु ।
००००००००००००००००००००००००००
जथाभावि घर, भवन र सपिङ मल निर्माण हुँदा यस क्षेत्रका गाउँ शहरहरू कुरुप भइसकेका छन । त्यसका लागि निश्चित मापदण्ड तयार गर्न नगरपालिका र गाउँपालिकासँग समन्वय गरिने छ । कम्तीमा दमकल पूगेर सजिलै फर्किने गरीको सडकको ब्यवस्था नगरि प्लटिङ गर्न दिइने छैन । खेती योग्य जग्गामा प्लानिङ गर्ने कार्य रोकिने छ । भूगोल र माटो अनुशार किसानलाई खेतीको प्रवन्ध मिलाइने छ । उर्लाबारीमा मौरीपालन,च्याउखेती र तरकारी खेतीको सम्भावना देखिएको छ । राजघाटमा दूग्ध ब्यवसायको सम्भावना छ । मिक्लाजुङमा पर्यटन उद्योगको सम्भावना छ । मिक्लाजुङमा होम स्टेको राम्रो सम्भावना देखिएको छ । यसका लागि अलग अलग जोन को ब्यवस्था मिलाइने छ । भारतीय सीमासँग जोडिएको बरडंगादेखि आम्बारी,इटहरा,उर्लाबारी मधुमल्ला हुँदै रबि जोड्ने सडक यस क्षेत्रको विकासका लागि निर्माण गर्नुपर्ने देखिएको छ । यो निर्वाचन क्षेत्रको विकासका लागि यो सडकले पाँचथरको रविसँग भारतलाई जोड्न सके उर्लाबारी ब्यापारीक हवका रुपमा विकसित हुँनेछ । पञ्चायतको पालादेखि यो सडक निर्माणको मुद्धा चुनावमा आउने गरेपनि सपनामात्र बनेको छ । यो सडकलाई कालोपत्रे गरेर विकासको मुल फुटाउन लागि पर्नेछु ।
हाम्रो निर्वाचन क्षेत्रमा रहेकोे मंगलबारे अस्पताललाई स्रोत सम्पन्न बनाइने छ । उर्लाबारीलाई दुख दिने पूर्व र पश्चिमका खोलाको स्थायी तटबन्ध गरिनेछ ।
हुन त मेरा योजनाहरु निक्कै महत्वकांक्षी लाग्लान कार्यान्वयनमा कठिनाई होला भनेर पनि सोचिरहनु भएको होला ।
किनकी मैले अघि नै भने स्रोत साधन सिमित छ भनेर । सपना नै नदेख्ने हो भने फेरि पनि उर्लाबारीको मुहार फेरिन्न ? तर यो सपना मात्र होइन, यहाँ मतदातालाई विश्वास दिलाउँछु । चीनलाई विकासको मार्गमा ल्याउने नेताको रूपमा देङ सियाओ पिङ, सिंगापुरमा ली क्वान यु, मलेसियामा महाथिर मोहम्मदको नाम लिने गरिन्छ । उनीहरूले सपना देखेकै कारण आज चिनीयाँ,सिंगापुरे र मलेसियनहरू समृद्ध बने । अझ २२ बर्ष द्वन्द्वमा फसेको रुवान्डालाई ५÷७ वर्षमा पल कगामेले काँचुली फेराएका छन् । असम्भव केही देख्दिन पल कगामेले मानव कंकाल माथि समृद्ध शहर बसाए भने हामीले नसक्ने कुरै भएन । हामी कहाँ केही बिग्रेको छैन । मात्र ईच्छाशक्ति चाहिन्छ ।
०००००००००००००००००००००००
जनताले अब भरोसा खोजेका छन् । त्यो हामी दिन सक्छौं भन्ने मेरो दावी हो । नेपालको राजनीतिक इतिहासमा पहिलो पटक संघीय संसदको चुनाव हुँदैछ । परिवर्तन पछिका युवाहरू बिगत भन्दा पनि भविष्य कसरी सुरक्षित हुन्छ भन्ने सोचिरहेका छन् । ति युवाहरू कांग्रेसको पक्षमा मतदान गर्न पर्खिरहेका छन् भन्ने कुरा अहिलेको जनलहरले देखाइरहेको छ ।
०००००००००००००००००००००००
राजनीतिक अस्वस्थ्य प्रतिस्पर्धा छोडौं । विचारमा प्रष्टता,संगठनमा प्रतिवद्धता र नेतृत्वमा एकरुपता देखाउन सके मात्र देश आर्थिक समृद्धि तिर लाग्छ । सहिदको सपना साकार हुन सक्छ । शासन विधिको हुनुपर्छ । विधिको शासन थालनी भयो भने साना तिना समस्याले विकास र रोजगारी सिर्जनामा कुनै असर पार्न सक्दैन । पुन तपाईहरुको साथ सहयोग सहकार्यको अपेक्षा राखेको छु । धन्यवाद ।
पत्रकार तेजन खड्कासँगको कुराकानीमा आधारित