• काठमाडौ ।

    धापासी जेसीज बर्ष २०१८ का वर्तमान अध्यक्ष सुशिल बुढाथोकीले वर्ष २०१९ को लागि उपाध्यक्ष पदको
    उम्मेदवारी दिनु भएको छ । गत मंसिर अन्तिम साता काठमाडौँमा सम्पन्न उम्मेदवारी तालिममा सहभागि भएसँगै
    उनको उम्मेदवारीले थप उत्साहित बनाएको छ । यही पौष ७ देखि १० गतेसम्म जनकपुरमा हुन गइरहेको ४५ औं
    राष्ट्रिय महाधिवेशनका लागि उनी धापासी जेसीजका तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो । यो सँगै
    उहाँको दैनिक व्यस्तता बढेको छ ।

    सन २०१३ बाट धापासी जेसीजबाट जेसीज यात्रामा आउनु भएका बुढाथोकीे २०१७ मा अन्तर्रा्ष्ट्रिय स्थरको जेसिआई
    एकेडेमी सि¨ापुरको ३ दिने तालिममा नेपालको तर्फ बाट प्रतिनिधित्व गर्नु भएको थियो । मर्म र मान्यता अनुरुप
    उहाँले सञ्चालन गरेका नेतृत्व र व्यक्तित्व विकासका तालिमले नै उहाँको छविलाई माथि पु¥याएको जेसीज वृत्तमा
    चर्चाको विषय बन्ने गरेको छ ।

    पेसाले उहाँ शैक्षिक क्षेत्रमा हुनुहुन्छ । ह्वाईट हाउस ईन्टरनेशनल कलेजमा उहा“ एमबिए ईएमबिएको प्रोग्राम हेडको
    रुपमा रहनुभएका बुढाथोकीले आफ्नो पेसामा उत्कृष्ट कार्य सम्पादन गरे वापत दर्जनौ पुरस्कार र सम्मान समेत प्राप्त
    गर्नु भएको छ । जेसीजसँगै अन्य सामाजिक संघसंस्थामा समेत नेतृत्व सम्हाल्नु भएका बुढाथोकीेको नेतृत्व क्षमता
    कुशल मान्नुपर्दछ जुन उहाँको कामले सावित गरिसकेको छ । हरेकपल उत्साहित, आत्मअनुशासित, लगनशील र निर्भिक
    रहने बुढाथोकीे आफ्नो कामप्रति सधैँ संवेधनशिल भएर लाग्ने गरेका छन् ।

    जेसीज तालिम विश्वविद्यालयको रुपमा चिनिने हुदाँ २०१८ मा अन्तर्रा्ष्ट्रिय स्तरका तालिमलाई प्राथमिकता दिदै
    युवाहरुको समग्र विकासका लागि कटिबद्ध रहने उहाँको प्रतिवद्धता सहित अन्तराष्ट्रिय स्तरको प्रशिक्षक लाई
    नेपालमा ल्याएर धापासी जेसिजको आथित्यमा दुई दिने डिजिटल मार्केटि¨ तालिम सफलता पुर्वक सम्पन्न गराउनु
    भएको थियो ।

    अहिलेसम्म कुनै काममा पनि पछाडी फर्कनु परेको अनुभव नभएका बुढाथोकी को लागि २०१९ चुनौतीसँगै अवसर बनेर
    उभिएको छ । देशभरका जेसीज अभियान्ताहरुको मन र मत जितेर नेतृत्वतहमा पुग्ने उहाँको सपना पूरा हुनको लागि
    अबका केहीदिन कुर्नु पर्नेछ । २०१८ मा थालिएका राम्रा कामको निरन्तरतासँगै नयाँ अभियानको थालनीका लागि र
    त्यसको सफल अवतरण लागि आफ्नो उम्मेदवारी रहेको बताउने बुढाथोकी ले अन्तर्रा्ष्ट्रिय स्तरका तालिमलाई
    प्राथमिकता दिदै युवाहरुको ब्यक्तीत्व बिकाशका लागी आफू कुरामा भन्दा कर्ममा ज्यादा विश्वास गर्ने बताउनुहुन्छ ।
    स्पष्ट र मृदुभाषी स्वाभावका बुढाथोकी निर्णयहरु कार्यान्वयनमा भने कठोर मानिनु हुन्छ जसले गर्दा नै उहालाई
    सफलताले पछयाएको हो भन्ने गरिन्छ । जेसीज अभियानमा होमिएका जोशिला, उत्साहित, कर्मशील र हिम्मतका पर्याय
    जेसि सुशिल बुढाथोकीलाई जीतको शुभकामना

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…