कार्तिक २३, सल्यान
माओवादी केन्द्रका १० जना नेतालाई पार्टीले कार्वाही गरेको छ । पार्टीका पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्यका बागि उम्मेद्वार उमाकान्त शर्मा र संघिय सभाका उम्मेद्वार पार्टीका पोलिटव्यूरो सदस्य भिम प्रकाश शर्मा र जित बहादुर पुनसंगै उनका समर्थक तथा प्रस्तावकलाई पार्टीले कार्वाहि गरेको छ ।
कार्वाहि पर्नेमा केन्द्रिय सदस्यहरु प्रमोद श्रेष्ठ, शालिकराम भट्टराई, सेतिराम वली, हरिलाल डिसी, टंक ढकाल र कृति बहादुर राना रहेका छन । उनिहरुसंगै हुम्लाका वागि उम्मेद्वार छक्कबहादुर लामालाई पनि पार्टीले कार्वाहि गरेको छ । उनिहरुलाई पार्टी सदस्यता समेत नरहनेगरि कार्वाहि गरिएको छ ।
अनुशासनको कार्वाहि भन्दै अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेको विज्ञप्तीमा उनिहरुलाई कार्वाही गरेको जनाइएको हो ।