उर्लाबारी । उत्तरीमोरङका चर्चित नेता इश्वरी कोइरालाको पक्षमा जनमाहौल बढेर गएको छ । उहाँकोको उम्मेदवारी परेसँगै त्यस क्षेत्रका जनताहरु उत्साहित छन् । बिकासका पर्याबाचि नै रहनुभएका कोईराला त्यस क्षेत्रमा समाजसेवीको पहिचान बनाउनुभएको छ । जनताको सेवामा तथा स्थानीय स्तरमा अहोरात्र खटिनुहुने कोईराला आफु भारी मतले बिजय हुने विश्वास राख्नुहुन्छ । चुनाबमा सबैले बिकास नारा राख्छन्, तर मेरो उम्मेदवारी किन हो भन्ने कुरामा मैले पहिले गरेको कामको लेखाजोखा गरे हुन्छ ,कोईरालाले भन्नुभयो ।
नेपाली कांग्रेसको तर्फबाट मोरङ क्षेत्र नं. १ अन्तरगत प्रदेश ‘ख’ का उम्मेदवार कोइराला पार्टीमा लामो समयदेखि संघर्षरत्त हुनुहुन्छ । कोइराला उत्तरी मोरङका जनताका ढुकढुकी, इमान्दार, कर्मठ र जुझारू जनताका मन मुटुमा बस्न सफल भएका नेताका रूपमा चिनिनुहुन्छ । उत्तरी क्षेत्रमा समग्र शिक्षा, स्वास्थ्य, खेलकुद र सामाजिक विकासमा कोइरालाको महत्वपूर्ण योगदान रहँदै आएको छ । उत्तरी मोरङका जनताका दुःखकष्टमा साथ दिँदै आइरहेका नेता कोइरालाको उम्मेद्वारीले स्थानीयमा खुशी छाएको छ । स्थानीय स्तरमा जनताले भोग्दै आएका समस्यालाई निराकरण गर्न नदी तटबन्ध, सडक पूर्वाधार निर्माण, विद्युत विस्तार, खानेपानी, सिचाईलगायतमा कोइरालाको प्रत्यक्ष सहभागिता रहँदै आएको छ ।
उहाँकै पहलमा लेखरामा केबुलेसन सिचाइ आयोजना निर्माण भएको समेत स्थानीय लाफा क्लबका अध्यक्ष सन्तोष मगरको भनाइ छ । उत्तरी मोरङ जनतामा युवा अवस्थादेखि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जनताको पक्षमा हर्दम तत्पर रहने उम्मेद्वार प्रदेश सभा सदस्यका लागि पाउनु स्थानीयवासीको लागि गोैरबको कुरा भएको स्थानीय बालकुमार खाँड ठकुरीले बताउनुभयो । उहाँले जनताप्रति उत्तरदायी कोइरालालाई विजयी गराउने महत्वपूर्ण अवसर रहेको पनि बताउनुभयो ।
एक पटक उप–प्रधान पञ्च समेत रहनुभएका कोइरालालाई कहिले पनि जनताको हकहित बिपरित र आफ्नो पार्टीको बिपरित नजाने नेताका रूपमा स्थानीय स्मरण गर्छन् । जसले गर्दा कोइरालाले अबको निर्वाचनमा आफूलाई आम मतदाताले जिताउनेमा ढुक्क रहेको बताउनुहुन्छ । साथै उहाँले आफूले जितेमा क्षेत्रको समग्र विकासका लागि आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आफूले युुवाहरूका हरेक समस्यालाई पहिलो प्राथमिकतामा राखी काम गर्ने समेत प्रतिबद्धता जनाउनुभयो । साथै कोइरालाले अब युवाहरूलाई बिदेश पलायन हुन नदिएर आफ्नै ठाउँमा विभिन्न किसिमका सीपमूलक तालिमको ब्यबस्था गरी बिदेश पलायन हुनेको संख्या घटाइ आफ्नै ठाँउमा रोजगारीको सिर्जना गर्ने बताउनुभयो ।
मोरङको उत्तरी भूभाग समेटिएको प्रदेश सभा ख मा लेटाङ नगरपालिका, केराबारी गाउँपालिका र मिक्लाजुङ गाउँपालिका वडा नं. १, ४ र ५ पर्दछ । यस क्षेत्रमा ५० हजार १ सय ६३ मतदाता छन् ।