मोरङ् , २३ कार्तिक ।
प्रहरीले आज नियमित स्वास्थ्य उपचार तथा बिरामि भेट्न अस्पताल पुगेका नेपाल कम्युनिष्ट पार्टीका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
बिराटनगर स्थित न्युरो अस्पतालमा स्वास्थय जाच गराईरहेका जितेन्द्र महरा महाविर र विकाश थापालाई प्रहरीले पक्राउ गरेको हो ।
कोशि व्युरोका सदस्यद्धय महरा र थापालाई प्रहरीले निर्वाचन बिरोधि गतिबिध गरिरहेको भन्दै अस्पताल परिसरभित्रैबाट पक्राउ गरेको हो । महाविर मधुमेहका बिरामि छन् भने थापा क्यान्सर पिडित हुन् ।
अस्पतालमा अर्का साथि उपचार गराईरहेकाले उनलाई भेट्ने र आफुहरुको फलोअप चेकप गराउने भन्दै पुगेका उनीहरुलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ ।
उता नेकपा कोशी ब्युरोले बिज्ञप्ती निकालेर बिरामि रहेका आफ्ना दुई नेतालाई उपचारका क्रममै अस्पतालबाट नियन्त्रणमा लिएर मानव अधिकार हनन गरेको भन्दै कडा बिरोध जनाएको छ ।
कार्तिक २२, २०७४ मा प्रकाशित
Sources : Mirror online