• हरि कोइराला

    पथरी÷मोरङको पथरीशनिश्चरे–१ का एमाले र एमाओवादीका जिल्ला तहका कार्यकर्ता शुक्रबार कांग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा नेकपा एमाले मोरङका जिल्ला सचिवालय सदस्य धनकुमार तामाङ, नेकपा माओवादी केन्द्रको भातृ संस्था युथ फोर्सका बेलबारी उपाध्यक्ष भुपेन्द्र अधिकारी र संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका केन्द्रीय सदस्य प्रेम सम्बाहाम्फे लगायत छन् । उनीहरू मोरङको पथरी बजारमा आयोजित एक कार्यक्रममा कांग्रेस प्रवेश गरेका हुन । प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका तर्फबाट मोरङ–३ का उम्मेद्वार डा.सुनील शर्मा र प्रदेश सभा क का उम्मेद्वार सुयर्माराज राईले तामाङ सहित ३सय ८ जनालाई फुलमाला र अविर लगाएर कांग्रेसमा स्वागत गरे । यस्तै कांग्रेस प्रवेश गर्नेमा युवा संघ पथरीशनिश्चरेका मिलन राई, दिनेश राई, नेकपा माओवादी केन्द्रका सन्तोष लिम्बू,राजु राई,पुष्प तामाङ,अनुप राई,सुरज जीसी लगायत छन । नेपाली कांग्रेस पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस उम्मेदवार डाक्टर शर्माले लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेसको जीत आवश्यक भएको औल्याए ।



    शर्माले ३ वर्षमा आफ्नो निर्वाचन क्षेत्रका सबैलाई आधारभुत स्वास्थ्य सुविधा घर घरमा पु¥याउँने प्रतिवद्धता ब्यक्त गर्दै भने – कांग्रेस हुँ, जे बोल्छु त्यो पु¥याउँछु । उनले अरु नेताले के बोले के गरे भन्ने तिर नलागि आजका मितिमा सुनील शर्माले नागरिकका लागि के गरिरहेको छ, त्यो हेरेर भोट हाल्न आग्रह गरे । ‘राज्यले दिने स्वास्थ्य सेवा सुविधालाई अझै विस्तार गरेर कुनै पनि ब्यक्तिले पैसाको अभावमा मर्नु पर्ने दिन आउँन नदिने ठोकुवा गरे । प्रदेश सभा क का उम्मेद्वार सुयर्माराज राईले कांग्रेसको नेतृत्वमा मात्र मोरङ ३ को सुकुम्बासी समस्या र नदी नियन्त्रण सम्भव भएको जिकिर गर्दै कांग्रेसलाई जिताए, सुकुम्बासी समस्याको मत माग्ने एजेण्डा सधैंका लागि अन्त्य हुने घोषणा गरे । उनले सुकुम्वासी समस्या समाधान भए जनताले कम्युनिष्ट पार्टीमा भोट नहाल्ने डरले ३८ वर्ष यता यो समस्या समाधान नभएको जिकिर गरे । राईले भने –राम्रो काम गर्ने प्रयास गरिरहेको छु । कतै मैले नराम्रो काम गरेको थाहा पाउनु भयो भने प्रमाण लिएर आउनु होस, आजैका मितिमा उम्मेद्वारी त्याग गर्छु ।’उनले पैसा कमाउन राजनीतिमा नआएको बताउँदै एक पटक काम गर्ने अबसर दिन आग्रह गरे । कार्यक्रममा कांग्रेस प्रवेश गर्नेहरूको तर्फबाट बोल्दै युथ फोर्स बेलबारी नगर समितिका उपाध्यक्ष भूपेन्द्र अधिकारीले हजारौं सर्वसाधारणका छोरा छोरीलाई बन्दुक बोक्न लगाएर नेपाली जनतालाई ढाँटेको बताए ।



    अधिकारीले नेकपा एमाओवादी केन्द्र बाम गठबन्धनका नाममा विसर्जन भएको बताउँदै यति चाँडै एमालेसँग सति जाँदा हजारौं कार्यकर्ताको मनोवल गिरेको उल्लेख गरे । जनयुद्वको नाममा बलिदानी दिएका १७ हजार नेपालीले प्रचण्डलाई धिक्कारिरहेको उनको भनाई थिया । यति चाँडै पार्टी बिलय होला भन्ने कल्पना समेत नगरेको बताउँदै उनले अब प्रजातान्त्रिक धारबाट आर्थिक रुपान्तरणको अभियानमा लागेको बताए ।



    मन्तब्य कै क्रममा उनले गजल समेत वाचन गरेका थिए । पथरीशनिश्चरे नगर समितिका सभापति टेकबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधि सभाका समानुपातिक उम्मेद्वार बसन्त भट्टराई,प्रदेश सभाका समानुपातिक उम्मेद्वार शेखरचन्द्र थापा र शुक्रबार नै पार्टी प्रवेश गरेका ब्यावसायी गंगा तिम्सिनाले बोलेका थिए । कार्यक्रममा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…