काठमाडौं । पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो । उनको निधन शनिबार बिहान साढे १० बजे भएको परिवार स्रोतले जनाएको छ ।
बिष्टको जन्म वि.सं १९८३ माघ २ शनिवार भएको हो । उनि तीनपटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए ।