दमक/दमकमा राम थापा एउटा राजनीतिक हस्तिको रुपमा परिचित रहेकाछन् । आफ्नो ब्याक्तित्व र ब्याक्तिको प्रभावले गर्दा उनि यहाँ जुनसुकै निर्वाचनमा पनि राम्रा मत पाउने गर्छन् ।
राप्रपाका सहमहामन्त्री समेत रहेका थापा यो पटक फरक शैलीमा देखिदैछन् । प्राय अधिकाँश निर्वाचनमा आफ्ना लागि मत मागेका थापा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलइ मत माग्दैछन् ।
प्रदेशसभा सदस्यका उम्मेद्वार अजुन राइ हिक्मत कार्कीका लागि भोट मागिदिदैछन् । बाम गठबन्धनका उम्मेदवारहरुलाइ जिताउने अभिभारा उनको पनि काँधमा आएपछि उनि ओली जिताउ अभियानमा लागेको पाइएको हो ।
राप्रपा सहितको गठबबन्धन झापामा बनेको छ । झापा ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाइ जिताएर नै छाड्ने ओलीले घोषणा नै गरेकाछन् । त्यसकै गुन राप्रपाले झापाका अन्य क्षेत्रमा तिर्ने बताइएको छ ।
स्थानीय तहको निर्वाचनपछि कमैमात्र सार्वजनिक कार्यक्रममा देखिन थालेका थापा शनिबार साँझ गठबन्धनका ब्यवसायीहरुसंगको ओलीको कार्यक्रममा देखा परे । अतिथिको रुपमा आसन ग्रहण समेत गरे ।
झापामा बाम गठबन्धनमा सहभागि हुनका लागि राप्रपाले बनाएको कार्यदलमा समेत थापा रहेका थिए । उनका साथै बिजय बराल लगायतका नेताहरु पनि ओली तथा बाम गठबन्धनका उम्मेदवार जिताउने अभियानमा सक्रिय बनेकाछन् ।