• हरि कोईराला

    उर्लाबारी ।  प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचनका लागि मोरङ ३ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेका डा.सुनिलकुमार शर्मा यतिबेला चर्चाको शिखरमा छन् । विराटनगरको नोवेल मेडिकल कलेजका सञ्चालक डा. शर्मा अस्पतालबाट राजीनामा दिएर कांग्रेस उम्मेदवार बनेकाले पनि  चर्चित बनेका हुन् । झण्डै डेढ महिना यता दैनिक ४ सय बढीलाई घरदैलोमा उपचार सेवा दिइरहेका डा.शर्मा एमालेको लालकिल्ला तोड्ने दावी गर्छन् । उनी भन्छन–म सँग नागरिकको सेवा गर्ने एजेण्डा छ । डा. शर्माले मोरङको निर्वाचन क्षेत्र नं. ३ का सम्पूर्ण परिवारलाई ३ वर्ष भित्रमा निशुल्क स्वास्थ्य वीमाको सुविधा दिने दोहो¥याउँदै आएका छन् ।

    शर्माले भने  – सरकारले एक परिवारको बीमाका लागि २ हजार ५ सय रुपैयाँ लिने घोषणा गरेको छ, त्यो रकम विपन्न परिवारका लागि महँगो हुन्छ । नोवेल मेडिकल कलेजले त्यो रकमको ब्यवस्थापन गर्नेछ । उनले सरकारले ५० हजार रुपियाँसम्मको  उपचार खर्च ब्यहोर्ने हो । तर, ढुक्क हुनुहोस्, नोवेलले १ लाख रुपियाँसम्मको उपचार निशुल्क गर्नेछ । नेपालका कुनै पनि नेताले आफ्नो लगानीमा यति ठूलो नागरिक सेवा नगरेको दाबी गर्दै उनले थपे –तेह्रथुमबाट चुनाव जित्न  आएका भानुभक्त दाइ कुन एजेण्डा बोकेर  आउनु भएको छ, मलाई थाहा भएन । सायद यस क्षेत्रका जनतालाई पनि थाहा छैन । तर म फेरि पनि भन्छु ,सरकारले बनायो भने ठिकै छ , बनाउन सकेन भने मोरङको कानेपोखरी, पथरी–शनिश्चरे र बेलबारीमा २५÷२५ शैयाको अस्पताल तीन वर्ष भित्रमा स्थापना गरेरै छोड्ने छु । शर्माले  विपन्न, दलित  तथा अल्पसंख्यक परिवारका २ सय जना विद्यार्थीलाई निशुल्क  प्राविधिक शिक्षाको सुनिश्चित गर्ने समेत  घोषणा गरेका छन् । देशभरका दलित, आदिवासी जनजाति, मुस्लिम र अल्पसंख्यक समूदायका झण्डै डेढ सय विद्यार्थीलाई निशुल्क अध्यापन गराइरहेको शर्माको दावी थियो । मैले गुल्मी, ताप्लेजुङ, रुकुम सुनसरीका विद्यार्थीलाई निशुल्क पढाइरहेको छु ।

     

    चुनावका लागि हो भने मैले मोरङका विद्यार्थीलाई मात्र पढाउँथे होला नि ? सन्थाल समूदायबाट पहिलो एमबीबीएस डाक्टर उत्पादन गर्ने  योजना एकवर्ष पछि पुरा हुने उनी बताउँछन् । मोरङको क्षेत्र नं २ मा पर्ने पथरीशनिश्चरे ६ को बराल गाउँ पूर्वका दिनेश हस्दा यतिबेला डाक्टर शर्मा कै आर्थिक सहयोगमा एमबीबीएस अध्ययन गरिरहेका छन् । एमबीबीएस अध्ययनरत हस्दाले भने –मेरो लागि डाक्टर शर्मा ईश्वर नै हो । घामपानी छल्ने सानो झुपडीमा बस्दै आएका दिनेशका बाबु  जेठा हस्दा आफ्नो जीवनमा खुसी भर्ने  सेतु नै डाक्टर शर्मा भएको बताउँछन् ।आफ्नो प्रतिष्ठान जोगाइ राख्ने हो भने सात पुस्तालाई खान पुग्ने बताउँदै उनी भन्छन–म भ्रष्टाचार गर्न राजनीतिमा आएको होइन । विपक्षीहरूले स्वास्थ्य शिविर चलाएर चुनाव जित्न लागेको आरोप लगाएका छन नि भन्ने जिज्ञाषामा शर्माले भने–स्वास्थ्य शिविर सात वर्षयता निरन्तर चलिरहेको छ । विगतमा सुन्दरहरैचा, बेलबारी, डाँगीहाटमा अलि बढी चलेको थियो । तर यो अभियान चुनाव केन्द्रित होइन ।  २० जना विद्यार्थीलाई निशुल्क एमबीबीएस अध्ययनको ब्यवस्था गर्ने महत्वकांक्षी कार्यक्रम समेत घोषणा गरेका शर्मा भन्छन्, तर यो अवसर विपन्न र दलित अल्पसंख्य कका लागि मात्र हो । आर्थिक अभावका कारण कुनै सयम मोरङको बेलबारीदेखि इटहरी सम्म रिक्सा चलाएको सुनाउँदै शर्माले अगाडि भने –चिसो भुईमा सुतेको मात्र होइन ,एक छाक खाए २४ घण्टा बिताएको अनुभव ममा ताजै छ । कुनै धनाढ्य ब्यक्तिको गोठमा जन्मिएका ४४ वर्षीय डा.शर्मा आर्थिक अभावकै कारण मोरङ मै  चार÷पाँच ठाउँ बसाई सरेको बताउँछन् ।  उनले आर्थिक अभावका कारण सामान्य रोगको शिकार भएर जीवन नै गुमाउनु पर्ने अवस्थाका रोगी बिरामीको नोवेल अस्पतालमा आवासीय उपचार गरिरहेको बताए ।

    मोरङमा बामगठबन्धनको सबैभन्दा प्रभाव क्षेत्रमा कांग्रेसको उम्मेदवार बन्नु भएको छ, जित्नु होला र भन्ने जिज्ञाषमा शर्मा भन्छन्–गठबन्धनको अंक गणितले चुनाव जितिने भए किन चुनाव गरिरहनु ? जनता डामेका साँढे होइनन् । विचार बदलिन सक्छ , म मतदाताको विचार बदल्ने उम्मेदवार हुँ । ढुक्क हुनुहोस , हामी २५ हजार मतान्तरले एमालेलाई चुनाव हराएर काँग्रेसलाई जिताउँछौं ।  नोवेल अस्पतालले हाल सम्म ३३ हजार विरामीको स्वास्थ्य उपचार गरिसकेको स्वास्थ्य शिविरमा संलग्न डाक्टर देबराज घिमिरे बताउँछन् । घिमिरे भन्छन–दैनिक चार बस विरामी स्वास्थ्य शिविर पुग्छन् । ति सबैको सम्पूर्ण टेष्ट अस्पतालले निशुल्क गरेको छ । अशक्त विरामीको आवासीय उपचार गराइरहेका छौं ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…