• २७ कात्तिक, चितवन ।



    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको प्रस्ट्याएका छन् । चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहेका प्रचण्डले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताए । उनले विचार मिल्ने पार्टीबीच एकता आवश्यक भएको औँल्याउँदै कांग्रेसलाई पनि विचार मिल्नेसँग एकता गर्न सुझाव दिए ।

    चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका प्रचण्डले आफ्नो प्रतिस्पर्धी जिल्लामा कोही नरहेको दाबी गरे । चितवनका जनताले यहाँको विकासका लागि आफूलाई चाहेको उनको भनाइ थियो । चुनावी प्रचार अभियान र घरदैलो कार्यक्रममा सक्रिय उनले चितवनको विकासका लागि छिट्टै नै आफ्नो योजना सार्वजनिक गर्ने बताए ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…