• कात्तिक २७, २०७४

    खोटाङ– नेपाल कम्यूनिष्ट पार्टी खोटाङले हलेसी–तुवाचुङ नगरपालिकाका नगर प्रमुख इबन राईको घर–जग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको घोषणा गरेको छ । गुण्डा र पैसाको बलमा चुनाव जितेर देश लुट्न लागि परेका नगर प्रमुख राई दलाल संसदीय व्यवस्थाको मतियार बनेको भन्दै शनिबार राती बिज्ञप्ति टाँसेर नेकपाले उक्त घोषणा गरेको हो ।

    साबिकको मंगलटार–ं२ पर्ने हलेसी तुवाचुङ नगरपालिका–६ का नगरप्रमुख राईको नियन्त्रित घर, जग्गा, सम्पत्ति जनताले उपभोग गर्ने कुरा बिज्ञप्तिमा उल्लेख छ । बिहान उठ्दामात्रै आफ्नो घरको आँगनमा पार्टीको झन्डा गाडेको र घरको भित्तामा गोबरले विज्ञप्ति टाँसेको देखेको नगरप्रमुख राईको भनाई छ ।

    राईका अनुसार हलेसी तुवाचुङ नगरपालिकाको पहिलो नगरसभाबाट आधा बजेट आफुहरुलाई बिनियोजन गर्न उक्त पार्टीले माग गर्दै आएको थियो । ‘हाम्रो पनि समानान्तर सरकार छ भन्थे’, नगरप्रमुखले  भने –‘आधा कार्यक्रम हामी सञ्चालन गर्छाैं भन्दै पटक–पटक नगरको आधा बजेट माग गरेका थिए ।’ नगरप्रमुख ईबन राईलाई आसन्न निर्बाचन प्रचार–प्रसारमा नहिँड्न समेत सो पार्टीले चेतावनी दिँदै आएको थियो । ‘चुनाब प्रचारप्रसारमा नहिँड्नु भनेर मलाई थ्रेट दिएका थिए’, राईले थपे–‘मलाई मात्र किन पटक–पटक थ्रेट दिईरहेका छन्, मलाई थाहा छैन ।’ नगरप्रमुख राई खोटाङका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुख (सिडिओ) लाई जानकारी गराएर निर्वाचन प्रचार प्रसारमा हिँडेका थिए ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…